Wednesday 19th of December 2018

हामी सबैलाई हाम्रो पर्वको शुभकामना ।।।

 नेपालमा दसैं प्रायः सबै जातजाति र समुदायकाे महान चाड हो । त्यसैले यसलाई ‘बडादसैं’ भनिदै आएको हो । नेपाली समाज बहुल छ । बडादसैं बहुल समाजको प्रतिबिम्ब  स्वरुप धार्मिक, सामाजिक र सांस्कृतिक पर्व पनि हो ।

शरद ऋतुले हामीलाई साथ दिन्छ । न झरी न हिलो न वर्षा न धूलो, सबतिर खुलेको मौसम । हराभरा धरा । चाँदीझैं टल्केका हिमाच्छादित हिमशैल । मनोहारी शरद पर्व । अनि हर्ष र आनन्द ।

बडादसैं भेटघाट र एकताको पर्व हो । यसबेला टढाटाढा पुगेकाहरू पनि घरगाउँ फर्कन्छन् । परिवार, आफन्त, कुल–कुटुम्ब र बन्धु–बान्धवसित रमाउँछन् । एकै सर्को भए पनि पिङ खेलेर धर्ती छाड्नु पर्ने प्रचलन छ । लाउने, खाने र मनोरञ्जन गर्ने परम्परासँगै छ । दशैलाई कसै कसैले घुमफिरको रुपमा पनि मनाउदै आएका छन ।

परिवार वा समाजका मूलीले माता दुर्गा भवानीको प्रसाद र जमरा लगाएर आर्शिवाद दिन्छन् । प्रसादको रूपमा विजया दशमीको दिन मान्यजनको हातबाट टीका र जमरा लगाइन्छ ।

दसैं हिन्दुको मात्र महान् चाड होइन । सबै सनातन धर्मावलम्बीको । हिन्दुले सनातन धर्मको समग्रता बोक्दैन । सनातन धर्म प्रकृतिसित आबद्ध छ । ‘सर्वजनहिताय, सर्वजनसुखाय’ सनातन धर्मको मर्म । सबैको हित कल्याणका लागि मनाइने पर्व कुनै जाति र धर्म विशेषको होइन । यो बिना रिसराग, द्वेष सबैले मनाउने पर्व हो ।

यहि अवसरमा नेपाली जनता परिवारकाे तर्फबाट हामी सबैलाई हाम्रो पर्वको शुभकामना ।।

प्रतिक्रिया दिनुहोस्