Monday 20th of January 2020

साझाको विद्युतीय गाडी आजै प्रधानमन्त्रीले उद्घाटन गर्ने

काठमाडौं । साझा यातायातले ५ वटा विद्युतीय गाडी ल्याएको छ। चिनियाँ कम्पनी बिवाइडीले निर्माण गरेको उक्त गाडी आजै ( कात्तिक ६ ) प्रधानमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ।

साझाले केही समय पहिले विद्युतीय गाडी गुडाउने घोषणा गरेको थियो। ल्याउने भनिएका ५ मध्ये २ काठमाडौं आइसकेको छ। एउटा बाटोमा छ भने बाँकी दुई आउने प्रक्रियामा रहेका छन्।

यी बसहरूलाई लुम्बिनी क्षेत्रमा गुडाइनेछ। साझाको व्यवस्थापनमा रहने बस खरिदका लागि एडिबीले सहयोग गरेको हो।

चालकसहित २० सिट क्षमताका ती गाडीमा सिसि क्यामरा, उभिएर यात्रा गर्नेको लागि ह्याङगरलगायतका सुविधा छन्।

गाडीको विस्तृत जानकारी उद्घाटन भएपछि मात्र दिइने साझा यातायातका निमित्त कार्यकारी प्रमुख महेन्द्र राज पाण्डेले  बताए।

साझासँगै सुन्दर यातायात, मयूर यातायातले पनि विद्युतीय गाडी ल्याउने घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्