Sunday 22nd of September 2019

चक्र बास्तोला सम्झेर शोकसभामै भक्कानिए विमलेन्द्र निधि

काठमाडौं । कांग्रेस उपसभापति विमलेन्द्र निधि कांग्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलालाई सम्झेर भक्कानिए ।

बास्तोलाको निधनको १३ औं दिनमा कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित शोकसभामा पार्टी उपसभापति निधि रोएका हुन् ।

शोकसभामा सम्बोधनका लागि बोल्न शुरु गरेका निधिको गला अवरुद्ध भयो । उनी केही सहज हुन प्रयास गर्दै थिए, तर सकेनन् । आँशु पुछे र थप बोल्न थाले ।

सम्बोधनका क्रममा बास्तोलालाई सम्झेर विक्षिप्त बनेका निधिले उनलाई निष्ठा र अदभूत क्षमता भएका नेताको रुपमा सम्झिनु पर्ने बताए ।

‘किसुनजी र गिरिजा बाबु मात्रै होइन, सुशील कोइराला र शेरबहादुर देउवालाई मिलाएर लैजाने भूमिका उहाँले खेल्नुभयो,’ आँशु पुछ्दै निधिले बास्तोलाले विगतमा पार्टीको आन्तरिक विवाद मिलाउन खेलेको भूमिका स्मरण गरे ।

अहिलेको परिस्थितिमा बास्तोलाजस्तो नेताको आवश्यकता औंल्याउँदै निधिले उनको अभाव पार्टीमा खड्किरहने बताए ।

प्रतिक्रिया दिनुहोस्