Tuesday 21st of January 2020

सिक्किममा गुञ्जिँदै नेपथ्य

काठमाडौं । देश विदेशका विभिन्न स्टेजमा सांगीतिक प्रस्तुति पस्कँदै आएको नेपथ्य ब्यान्ड भारतको सिक्किममा पनि गुञ्जिने भएको छ ।
आगामी मंगलबार सिक्किमको राबाङमा हुन लागेको कार्यक्रममा नेपथ्यले नेपाली लोक रक गीत गाउनेछन् । सिकिक्मको दक्षिण भागमा पर्ने यस क्षेत्रमा अक्टोबर २८ देखि ‘राबाङ टुरिज्म फेस्टिभल’ आयोजना हुन लागेको छ ।

तीन दिनसम्म चल्ने उक्त महोत्सवको शुभारम्भ सिक्किमका मुख्यमन्त्री पवन चामलिङले गर्दैछन् । महोत्सवको अन्तिम दिन १३ कात्तिकमा नेपथ्यले सांगीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ । राबाङको छो जो लेकमा कन्सर्टको आयोजना हुँदैछ ।

सिक्किममा नेपथ्यको गीत संगीत निकै लोकप्रिय रहेको छ । विशेषगरी युवा, प्रौढ तथा अन्य पिंढीमाझ नेपथ्य निकै लोकप्रिय रहेको राबाङ पर्यटन महोत्सवका अध्यक्ष जिग्मे वाङचुक भुटियाले बताए । उनले भने, ‘रेडियो टिभीमा सुन्दै हेर्दै आएको लोकप्रिय समूहलाई राबाङमा प्रत्यक्ष हेर्न सुन्न हामी आतुर छौं ।’

उक्त कन्सर्टमा गायक अमृत गुरुङ, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य,ड्रममा ध्रुव लामा, मादलमा शान्ति रायमाझी र गितारमा निरज गुरुङले रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्