Wednesday 19th of December 2018

सिंहदरवारमा व्यापक श्रम र यौन शोषण, करारका कर्मचारीहरु आन्दोलनमा जुटे

काठमाडौं । सरकारीकाम काजको प्रमुख केन्द्र सिंहदरवारमा श्रेहीविहीन कर्मचारीहरुले आफ्नो सेवा सुविधा र जागिरको ग्यारेन्टीको माग राखेर सामान्य प्रशासन मन्त्रालय घेराउ गर्दै आएका छन ।

ज्यालादारी तथा करारका कर्मचारीहरुले न्युनतम ज्याला समेत पाउन नसकेको र आफ्नो जागिर हाकीमको राजीखुसी र मर्जीमा चलाउनु परेको भन्दै, यस्तो प्रथाको अन्त गर्न सरकारसँग माग समेत गरेका हुन ।

मन्त्रीसम्मकै टेवलसम्म चिया र खाजा बनाएर खुवाउने र सवारी चालकले समेत हाकीम खुसी बनाउनु पर्ने बाध्यकारी व्यवस्था खारेजीको माग राखेर आन्दोनल गर्दै आएका हुन ।

पञ्चायतमा निम्न तहका कर्मचारीहरुको स्थायी सहज थियो भने, बहुदलीय व्यवस्थामा निम्न तहको दरवन्दी खारेज गरेर तल्लो तहका कर्मचारीहरुको श्रम शोषण हुदै आएकोमा निम्न तहका कर्मचारीहरुले सरकारी कार्यशैलीको विरोध गरेका हुन ।

गणतन्त्र आएपछि निम्न तहका कर्मचारीहरुको श्रममात्र हैन यौन शोषण समेत हुने गरेको तथ्य सिंहदरवारमा रहेको कुरा कर्मचारीहरु वीच खासखुस हुने गरेको छ । मन्त्रालयका उपल्लो तहका हाकिमहरुले आफु अनुकुलका सवारी चालक, कार्यलय सहयोगी र केहि प्राविधिक कर्मचारी भर्ना गर्दै आफ्नो यौन इच्छासमेत पुर्ति गर्ने गरेको तथ्य नेपाली जनताले फेला पारेको छ ।

प्रतिक्रिया दिनुहोस्