Monday 27th of January 2020

आजको राशिफल

सूर्यशौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग-श्रीसूर्य दक्षिणायन,शरदृतु,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रम सम्वत २०७५ साल कार्तिक १३ गते मंगलबार नेपाल सम्बत ११३८ कौलागा,सन् २०१८ अक्टोबर ३० तारिक कृष्णपक्ष षष्ठी तिथि अपरान्ह २ वजेर १७ मिनेटसम्म उप्रान्त सप्तमी,आद्र्रा नक्षत्र विहान ७ वजेर ११ मिनेटसम्म उप्रान्त पुनर्वसु,सिद्धियोग,वणिजकरण,आनन्दादियोग चर,सूर्य तुला राशीमा,चन्द्रमा राती १२ वजेर २ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।

मुहूर्तराहुकालः–अशुभ अपरान्ह २ वजेर ३४ मिनेटबाट ३ वजेर ५७मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–विहान ९ वजेर १मिनेटबाट १० वजेर २४मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य पूर्वान्ह ११ वजेर ४७मिनेटबाट अपरान्ह १ वजेर १०मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ विहान ८ वजेर २७मिनेटबाट ९ वजेर १२ मिनेटसम्म र राती१० वजेर ३०मिनेटबाट ११ वजेर १४मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर २५ मिनेटबाट मध्यान्ह १२ वजेर ९मिनेटसम्म रहनेछ ।

दिन बार वेला- सूर्योदय कालबाट प्रातः ७ वजेर ३७मिनेटसम्म रोग वेला,७ वजेर ३७मिनेटबाट ९ वजेसम्म उद्वेग वेला,९ वजेबाट १० वजेर २३मिनेटसम्म चर वेला,१० वजेर २३मिनेटबाट ११ वजेर ४७मिनेटसम्म लाभ वेला,११ वजेर ४७मिनेटबाट १ वजेर १०मिनेटसम्म अमृत वेला,१ वजेर १०मिनेटबाट २ वजेर ३३मिनेटसम्म काल वेला,२ वजेर ३३मिनेटबाट ३ वजेर ५६मिनेटसम्म शुभ वेला र ३ वजेर ५६मिनेटबाट सूर्यास्त कालसम्म रोगवेला रहनेछ ।

रात्री बार वेला- सूर्यास्त कालबाट ६ वजेर ५७मिनेटसम्म काल वेला,६ वजेर ५७मिनेटबाट ८ वजेर ३४मिनेटसम्म लाभ वेला,८ वजेर ३४मिनेटबाट १० वजेर ११मिनेटसम्म उद्वेग वेला,१० वजेर ११मिनेटबाट ११ वजेर ४७मिनेटसम्म शुभ वेला,११ वजेर ४७मिनेटबाट १ वजेर २४मिनेटसम्म अमृत वेला,१ वजेर २४ मिनेटबाट ३ वजेर १मिनेटसम्म चर वेला,३ वजेर १मिनेटबाट ४ वजेर ३७मिनेटसम्म रोग र ४ वजेर ३७मिनेटबाट सूर्योदय कालसम्म काल वेला रहनेछ ।
राशी
मेषः– आज पनि समयले साथ दिनेछ समयको सदुपयोग गर्न पछि नपर्नु होला । गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अपरान्ह पछिको समय विस्तारै प्रतिकुल हुनेछ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । सहयोगी मित्र टाढा हुनेछन् । अरुका कुरालाई धेरै विश्वास नगर्नु होला ।

वृषः– समय सुधारोन्मुख देखिन्छ तर कामले पूर्ण गति भने समाउने छैन । अपरान्ह पछि समयले थोरै साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोगको आसा धेरै नराख्नु होला । पढाईमा सामान्य सुधार आउनेछ । नयाँ कामको प्रस्ताव आउन सक्छ ।

मिथुनः– सामान्यतया दिन अनुकुल नै देखिन्छ ।विना तयारी कुनै पनि क्षेत्रमा हात नहाल्नु होला । प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । गरेका प्राय काममा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

कर्कटः– आजको दिन पनि अनुकुल देखिन्न । लगानी बढाउने काम नगर्नु होला । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ध्यान दिनु होला । यात्रा कष्टपूर्ण हुनेछ ।वैदेशिक क्षेत्र कमजोर देखिन्छ । पारिवारिक तनाव बढ्न सक्छ । घरमा बस्न मन लाग्ने छैन ।

सिंहः– ग्रह गोचर अनुकुल नै देखिन्छ । काम गर्ने जोश जागर घट्ने छैन । काम गर्दै जादा असम्भव देखिएका कुरा सम्भव हुनेछन् । राजनैतिक व्यक्तित्वबाट सहयोग मिल्नेछ । नोकरीमा पदोन्नति हुनसक्छ । नयाँ काम हात लाग्नेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा ढिला सुस्ति भने नगर्नु होला ।

कन्याः– कसैलाई आश्वासन दिने काम नगर्नु होला आफैलाई घाटा हुनेछ । गरेका ६० प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । संचित धनलाई नचलाउनु होला । धन दिने काम पनि नगर्नु होला ।

तुलाः– अस्थिर मन लिएर कहि केहि नगर्नु होला । कामले गति लिने छैन । लगनशिलता बढाउनु होला । रोकिएका काम अगाडि बढ्ने छन् । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन गरेर मात्र अगाडि बढ्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ ।
वृश्चिकः–समय प्रतिकुल देखिन्छ काममा हेलचक्र्याई नगर्नु होला । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । परिश्रमको मुल्य पाईने छैन । लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । कार्य शिथिलता बढ्ने देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ । दान दिनुपर्ला ।
धनुः– समयमा गरेका काम सफल हुनेछन् । सहयोग लिएर काम गर्ने वातावरण मिल्ने छैन । अरुको भर धेरै नपर्नु होला । लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । लेनदेन कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला । आयत निर्यात व्यापारबाट सामान्य आम्दानी हुनेछ । परिवारबाट टाढा बस्नु पर्ने अवस्था आउन सक्छ ।

मकरः– मायाँ मोहमा कुनै काम हुने छैन । अरुबाट तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । संघर्षबाट विचलित नहुनुहोला । प्रतिश्पर्धामा सफल हुनुहुनेछ ।

कुम्भः–सोचे जस्तो कहि कतै हुने छैन । अन्योलमा परिनेछ । काममा साना साना समस्या आउने छन् । काम गर्ने सहज बातावरण बन्ने छैन ।व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । भय आतुरमा काम नगर्नु होला विग्रिने छन् । विरोधीको सामना गर्नु पर्ला । कार्य गोपनियता अप्नाई काम गर्नु होला ।

मिनः– विश्वास,आशा र भरोसामा काम गर्नु मिथ्या हुनेछ । घरका समस्या सँग खेल्दा अवसर फुत्किने सम्भावना त्यत्ति कै देखिन्छ । होशियारी नगुमाउनु होला, आफ्नो ठाँउ अरुले लिन सक्छन् । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आस्थाका द्वार थोरै खुल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्