Saturday 21st of September 2019

माया होस् त जापानी राजकुमारीको जस्तो

एजेन्सी । जापानी राजकुमारी आयाकोले आफ्नो प्रेमलाई सार्थक बनाउन शाही उपाधी त्यागेकी छिन् । राजकुमारी आयाकोले सोमवार एक जना सर्वसाधारण व्यापारी केइ मोरियासँग टोकियोस्थित मेइजी मन्दिरमा लगनगाँठो कसिन् ।

जापानको शाही घराना नियम अनुसार शाही परिवारकी स्त्रीले सर्वसाधारणसँग विवाह गरेमा शाही उपाधी त्याग्नुपर्छ । २८ वर्षीया यी राजकुमारी जापानी सम्राट अकिहितोका भतिजाजी छोरी हुन् । उनका पति ३२ वर्षे केइ मोरिया शिपिङ फार्मका व्यापारी हुन् ।

उनका शुभेच्छुकले टोकियोको मेइजी मन्दिरमा विवाह समारोह हेरेका थिए । शाही उपाधी त्यागेपछि जीवनयापनका लागि राजकुमारीलाई एकमुष्ठ झन्डै दश लाख डलर प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्