Sunday 15th of December 2019

किसान माइक्रोफाइनान्सको हकप्रद निष्काशन

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले मंसिर २ गतेदेखि हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । माइक्रोफाइनान्सले विक्री गर्न लागेको हकप्रद शेयर पुस ८ गतेसम्म भरिसक्नु पर्नेछ ।

माइक्रोफाइनान्स कम्पनीले १००ः५० अनुपात अर्थात् ५० प्रीतशतका दरले रु. १०० अंकित मूल्यमा २ लाख ४० हजार २५० कित्ता हकप्रद बिक्री गर्न लागेको हो ।

लघुवित्तले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउने योजना अन्तर्गत हकप्रद बिक्रि गर्न लागेको हो ।

सिभिल क्यापिटल मार्केटलाई हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्धकको रुपमा नियुक्ति गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल माकेट सुन्धरा, तथा किसान माइक्रोफाइनान्स वित्तिय संस्थको केन्द्रीय कार्याल्य तथा सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । सिभिल बैंकका शाखा कार्यालय विराटनगर, पोखरा, नेपालगंज, विरगन्ज, नारायणघाट र वुटवल शाखाबाट पनि आवेदन दिने सकिनेछ । यसैगरी, सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

हाल स्वदेशीको चुक्ता पुँजी ४ करोड ८० लाख ५० हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्