Sunday 15th of December 2019

कार्यालय समयमा हुने बैठकको भत्ता नलिन कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कार्यालय समयमा हुने बैठकको भत्ता नलिन कर्मचारीलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७५र०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यन्वयन सम्बन्धी प्रथम चौमासिक समिक्षा बैठकको दोस्रो दिन बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कार्यालय समयमा गरेको कामको तपाईले तलब लिनु भएको छ । त्यसकारण भत्ता लिने सोचाइ हटाउनुहोस । मितव्ययी भएर चल्न सिक्नुहोस् ।’

ओलीले हरेक दिन मुलुक एक कदम अघि बढ्नु पर्ने पनि बताएका छन् । सबै क्षेत्र हरेक दिन रचनात्मक काम सहित एक कदम अघि बढ्नु पर्ने ओलीको भनाई छ । ‘हरेक दिन हरेक क्षेत्रमा रचनात्मक र नयाँ काम हुुनु पर्दछ । त्यो काम एक कदम अगाडि बढ्ने हुनु पर्दछ’, प्रधानमन्त्री ओलीले भने, ‘सबै क्षेत्र रचनात्मक भएर अघि बढ्ने हो भने नेपाल हरेक दिन एक कदम अघि बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्