Friday 17th of January 2020

नेकपा सांसदहरुले गरे प्रदेशसभा अवरुद्ध

जनकपुर । प्रदेश २ को प्रदेशसभा प्रमुख प्रतिपक्षि नेकपा सांसदहरुले सभा अवरुद्ध   गरेका  छन् । करारमा कर्मचारी भर्ना ऐनमा दर्ता गराएको संशोधन समावेश नभएको भन्दै नेकपाका सांसदहरुले आइतबार बैठक सुरु हुन साथ उभिएर अवरुद्ध गरेका हुन् ।

नेकपाका सांसद सुन्दरबहादुर विश्वकर्माले करार ऐेन अध्ययन गर्न बनेको विशेष समितिमा त्रुटी रहेको भन्दै त्रुटि संशोधन नभएसम्म बैठक चल्न नदिने बताए । सरकारले ल्याएको विधेयकमा प्रमुख सचिव भर्ना गर्न समिति बनाउने प्रावधानलाई अध्ययन समितिले मुख्य न्यायधिवक्ताको अध्यक्षतामा बनाउने भन्दै प्रतिवेदन ल्याएकोमा विश्वकर्माले विरोध गरे ।

बैठक सुरु हुन साथ नेकपका सांसद विश्वकर्माले विशेष समयमा बोल्दै त्रुटि सुधार नभएसम्म बैठक चल्न नदिने बताए । सभामुख रामसरोज यादवले मुख्यमन्त्री लालबाबु राउतलाई बोल्ने समय दिएपनि नेकपाका सांसद बस्न नमानेपिछ १० मिनेटकालागि बैठक स्थगित गरिएको छ । स्थगित बैठक पुन: बस्नका लागि छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्