Friday 24th of January 2020

आजको राशिफल

सूर्य शौर्यमथेन्दुरुच्चपदवीं सन्मङ्गलं मङ्गलं । सद्वुद्धिं च वुधो गुरुश्च गुरुतां शुक्रः शुभं शं शनिः ।।
राहुर्वाहुबलं करोतु सततं केतुः कुलस्योन्नतिं । नित्यं प्रीतिकरा भवन्तु मम ते सर्वेऽनुकूला ग्रहाः ।।

पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन,हेमन्तर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल मंसिर १० गते सोमबार नेपाल सम्बत ११३९ कछलाथ्व,सन् २०१८ नोभेम्बर २६ तारिक कृष्णपक्ष तृतीया तिथि विहान ७ वजेर ५ मिनेटसम्म उप्रान्त चौथी तिथि,आद्र्रा नक्षत्र अपरान्ह ३ वजेर १८ मिनेटसम्म उप्रान्त पुनर्वसु,शुभयोग,विष्टिकरण,आनन्दादियोग काल,सूर्य वृश्चिक राशीमा,चन्द्रमा मिथुन राशीमा ।

मुहूर्त
राहुकालः–अशुभ विहान ७ वजेर ५३ मिनेटबाट ९ वजेर १३ मिनेटसम्म रहनेछ,अशुभ यमघण्टायोगः–पूर्वान्ह १० वजेर ३२ मिनेटबाट ११ वजेर ५१ मिनेटसम्म रहनेछ । गुली कालः–सामान्य अपरान्ह १ वजेर १० मिनेटबाट २ वजेर २९ मिनेटसम्म रहनेछ । दूरमुहूर्तः–अशुभ मध्यान्ह १२ वजेर १२ मिनेटबाट १२ वजेर ५४ मिनेटसम्म र अपरान्ह २ वजेर १९ मिनेटबाट ३ वजेर १ मिनेटसम्म रहनेछ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११ वजेर ३० मिनेटबाट मध्यान्ह १२ वजेर १२ मिनेटसम्म रहनेछ ।

दिन बार वेला
सूर्योदय कालबाट प्रातः ७ वजेर ५३ मिनेटसम्म अमृत वेला,७ वजेर ५३ मिनेटबाट ९ वजेर १२ मिनेटसम्म काल वेला, ९ वजेर १२ मिनेटबाट १० वजेर ३१ मिनेटसम्म शुभ वेला,१० वजेर ३१ मिनेटबाट ११ वजेर ५० मिनेटसम्म अमृत वेला, ११ वजेर ५० मिनेटबाट १ वजेर ९ मिनेटसम्म उद्वेग वेला,१ वजेर ९ मिनेटबाट २ वजेर २८ मिनेटसम्म चर वेला,२ वजेर २८ मिनेटबाट ३ वजेर ४७ मिनेटसम्म लाभ वेला र ३ वजेर ४७ मिनेटबाट सूर्यास्त कालसम्म अमृत वेला रहनेछ ।

रात्री बार बेला
सूर्यास्त कालबाट ६ वजेर ४८ मिनेटसम्म चर वेला,६ वजेर ४८ मिनेटबाट ८ वजेर २९ मिनेटसम्म रोग वेला,८ वजेर २९ मिनेटबाट १० वजेर १० मिनेटसम्म काल वेला,१० वजेर १० मिनेटबाट ११ वजेर ५१ मिनेटसम्म लाभ वेला,११ वजेर ५१ मिनेटबाट १ वजेर ३१ मिनेटसम्म उद्वेग वेला,१ वजेर ३१ मिनेटबाट ३ वजेर १२ मिनेटसम्म शुभ वेला,३ वजेर १२ मिनेटवाट ४ वजेर ५२ मिनेटसम्म अमृत र ४ वजेर ५२ मिनेटबाट सूर्योदयसम्म चर वेला रहनेछ ।

राशी
मेषः– दिन सामान्य अनुकुल देखिन्छ । समयको सदुपयोग गर्न पछि नपर्नु होला । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आर्थिक कारोवारमा विशेष ध्यान दिनु होला । अरुबाट सहयोगको अपेक्षा धेरै नराख्नु होला । व्यवहारिक सहयोग भन्दा कुराको सहयोग मात्र पाईनेछ ।

वृषः– समय सुधारोन्मुख देखिन्छ तर कामले पूर्ण गति भने लिने छैन । लगनशिल भई गरेका काम केहि सफल हुनेछन् । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोगको आसा धेरै नराख्नु होला । पढाईमा सामान्य सुधार आउनेछ । साझेदारी काममा हात नहाल्नु होला । कुरा भन्दा काममा जोड दिनु होला ।

मिथुनः– समयको महत्वलाई हेलचक्र्याई नगर्नु होला । विना तयारी,विना योजना कुनै पनि क्षेत्रमा हात नहाल्नु होला । प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । भोज भतेरको निम्तो आउन सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला । पढाईमा सामान्य प्रगति हुनेछ ।

कर्कटः– प्रतिकुल बातावरणमा खेल्नु पर्नेछ । लगानी बढाउने काम नगर्नु होला । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ध्यान दिनु होला । सुरक्षित यात्रा गर्नु होला । वैदेशिक क्षेत्र कमजोर देखिन्छ । पारिवारिक तनाव बढ्न सक्छ । प्रतिष्ठामा आच आउने काम हुनसक्छन् ।

सिंहः– काम गर्ने वातावरण विग्रिने छैन समयको महत्वलाई बुझ्नु होला । काम गर्ने जोश जागर घट्ने छैन । काम गर्दै जादा असम्भव पनि सम्भव हुनेछन् । राजनैतिक व्यक्तित्वबाट सहयोगको अपेक्षा धेरै नराख्नु होला । प्रयत्नबाट नयाँ काम हात लाग्नेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा ढिला सुस्ति भने पटक्कै नगर्नु होला ।

कन्याः– आश्वासनको भरमा मात्रै काम नगर्नु होला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका ९० प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । आफन्तको सहयोग साहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।

तुलाः– स्थिर मन लिएर कर्म क्षेत्रमा जानु होला । समयमा सामान्य परिवर्तन आउनेछ । लगनशिलता बढाउनु होला । रोकिएका काम अगाडि बढ्ने छन् । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन गरेर मात्र अगाडि बढ्नु होला । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । उपकारी काम हुनेछन् ।

वृश्चिकः– वास्तविक सहयोग गर्ने कोहि हुने छैनन । झुट्टा आश्वासन धेरै पाईनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । परिश्रमको मुल्य चुकाउनु पर्नेछ । व्यवसायबाट लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । कार्य शिथिलता बढ्ने देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ ।

धनुः–भ्रममा नपर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । अरुबाट सहयोग लिएर काम गर्ने वातावरण मिल्ने छैन । लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । लेनदेन कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला । आयत निर्यात व्यापारबाट सामान्य आम्दानी हुनेछ । पारिवारिक सम्बन्ध विस्तार हुनेछ ।

मकरः–दुष्टहरु भेटिने छन् आफ्ना आन्तरिक कुरा कसैलाई नखोल्नु होला । तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । साझेदारी केहि नगर्नु होला । संघर्षबाट विचलित नहुनुहोला । प्रतिश्पर्धामा सफल हुनुहुनेछ ।

कुम्भः–सोचाईको विपरित काम हुन सक्छन् । भ्रमित हुदा अवसर फुत्किनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । काममा साना साना समस्या आउने छन् । काम गर्ने सहज बातावरण बन्ने छैन । महत्वकाँक्षा जागेर आउनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । राजनैतिक चलखेल बढि हुनेछ ।

मिनः– अरुको विश्वास परेर कुनै काम नगर्नु होला । आशा र भरोसामा काम गर्नु मिथ्या हुनेछ । घरका समस्या समाधान गर्दा उपलब्धिका काम फुत्किने सम्भावना त्यत्ति कै देखिन्छ । विहोशि पन बढ्नेछ । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । विश्वासका द्वार थोरै खुल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्