Saturday 21st of September 2019

इरेक ब्राण्डेड जुत्ताका नाममा अग्रवाल एन्ड कम्पनीको बदमासी

काठमाडौं । विगत लामो समयदेखि इरेक पिक तथा अन्य ब्राण्डका जुत्ता आयात तथा बिक्रीमा ठूलो मात्रामा राजस्व र भन्सार छली गर्ने गरेको तथ्य खुलेको छ । राजेन्द्र अग्रवाल र उनका छोरा रोशन अग्रवालले विगत लामो समयदेखि ब्राण्डेड जुत्ता तथा इरेक ब्राण्डका रेडिमेड कपडा आयात तथा बिक्री गर्दा ‘लखनउ लुट’ मच्चाएको समाचार स्रोतले बताएको छ । चाइनामा बनेका इरेक पिक तथा अन्य ब्राण्डका जुत्ता आयात गर्दा भन्सार तथा राजस्व छली ब्राण्डेड जुत्तामा ब्रह्मलुट नै मच्चाएको बताइएको छ । उनीहरुले यस्ता ब्राण्डका जुत्ता आयात गर्दा विना ब्राण्डका जुत्ता आयात गर्दा लाग्नेबराबरको भन्सार तिरेर ल्याउने र नेपालमा बिक्री गर्दा ब्राण्डेड जुत्ताको मूल्य ठटाउने गरेको पाइएको छ । प्रमुख व्यापारिक केन्द्रकाठमाडौंको न्युरोडको मख्खनस्थित ताम्राकार प्लाजामा रहेको गोपीकृष्ण इम्पेक्स, सुरज आर्केट, रञ्जना ट्रेड, सिभिल महल तथा अन्य स्थानहरुबाट राजेन्द्र र रोशनले यी ब्राण्डका जुत्ता तथा रेडिमेड कपडाको होलसेल कारोबार गर्ने गरेका छन् ।

आफूलाई इरेक जुत्ताको नेपालको एजेन्सी बताउने रोशनले अण्डर बिलिङमा सामान मगाउने, ग्राहकलाई भ्याट बिल पूरा मूल्यको नदिने गरेको उनी निकटस्रोतले बताएको छ ।यस सम्बन्धमा रोशनसँग प्रतिक्रिया लिन खोज्दा आफूलाई केही थाहा नभएको र आफ्नो सम्पूर्ण काम नेपाल हिमालय सीमापार वाणिज्य संघले गर्ने बताउँदै पन्छिन खोजे ।

स्मरणीय छ, ब्राण्डेड जुत्ताको एक जोरबराबर २५ देखि ३५ डलरसम्म भन्सार शुल्क लाग्ने गरेको छ तर इरेक नामक जुत्ता विगतमा ननब्राण्डेडमा आयात गरिएपछि पछिल्लो समय भन्सार विभागले केही भन्सार शुल्क बढाएको छ । यता, भन्सार विभागले पनि ब्राण्डेड र ननब्राण्डेड जुत्ताको भन्सार मूल्यमा धेरै फरक रहेको बताउँदै नेपालका जुत्ता व्यवसायीहरुले ननब्राण्डेड जुत्ताको नाममा जुत्ता आयात गरी बजारमा ब्राण्डेड जुत्ताको ट्याग राखी चर्को मूल्यमा बिक्री गर्न सक्ने बतायो । इरिक तथा अन्य ब्राण्डका जुत्ता आयात गर्दा व्यवसायीहरुले यस्तो गरेको पाइए कडा कारबाही गर्ने विभागले बतायो । चाइनाको ग्वानझाउमा समेत अफिस रहेको अग्रवालको त्यहाँको अफिस भने रोशनका भाइ रोहितले सम्हाल्दै आएका छन् । (आर्थिक दैनिकबाट)

प्रतिक्रिया दिनुहोस्