Monday 27th of January 2020

यौन प्यासले भरिएका महान मान्छे

– राजेन्द्र स्थापित

जन्म उनको सन् १८२८ को अगस्ट २८ मा यास्नाया पोल्यानामा भएको हो । जन्मेको ठीक १८ महिनापछि नै आमा मायी भोल्कान्स्कीको मृत्यु भयो । उनी चार दाजुभाइ र तीन दिदीबहिनीमध्येका कान्छा थिए । आमाको मृत्युपछि सबै केटाकेटीको हेरविचार उनकै सानीआमा तोइनेटले गर्न थालिन् । पत्नीको निधन भएको ६ वर्षपछि सन् १८३६ मा बाबु निकोलाईले साली तोइनेटसमक्ष बिहेको प्रस्ताव राखे । तर, तोइनेटले मानिनन् । उनले केटाकेटीको हेरविचार भने गर्न नछाड्ने वचन दिइन् ।

एक वर्षपछि उनीहरू सबै राजधानी मस्को गए । मस्को बसाइ“ सरेलगत्तै निकोलाई पक्षघातको रोगबाट मरे । उनको मृत्युपछि फुपू (निकोलाईकी दिदी) एलिना उनीहरूको वैधानिक अभिभावक बनिन् । यद्यपि, उनीहरूको हेरचाह भने सानीआमा र बज्यैले गर्दै थिए । यसबीच सन् १८३८ मा बज्यैको मृत्यु भयो । उनको मृत्युपछि परिवार छिन्नभिन्न भयो । दस वर्Èको भइसकेको मार्याको कान्छो छोरो ११ वर्Èको दिमित्री र आठ वर्Èकी मार्याको जिम्मेवारी तोइनेटले नै लिइन् । र, उनी केटाकेटीलाई लिएर पुनः यास्नाया पोल्याना फर्किन् । तीन वर्Èपछि एलिनाको पनि मृत्यु भयो । वैधानिक अभिभावक अब एलिनाकी बहिनी पेलाग्या बनिन् । पेलाग्या र तोइनेटको बीचमा पहिलेदेखि नै मनमुटाव थियो । त्यसैले केटाकेटीलाई पेलाग्याले आºनो घर कजानमा लिएर गइन् । उनीहरूको औपचारिक शिक्षा सुरु भयो । कान्छा छोरा १७ वर्षका भइसकेका थिए । त्यहा“ उनले ओरियन्ट ल्याङ्वेजको अध्ययनार्थ विश्वविद्यालयमा प्रवेश पाए ।
त्यतिखेर रुसलगायत युरोपका प्रायशः मुलुकमा वेश्यालय छ्यापछ्याप्ती हुन्थे । दाजु निकोलाई यी वेश्यालयमा अक्सर जान्थे । उनले एक दिन १७ वर्षीय आºना भाइलाई पनि लिएर गए । भाइचाहि“ले पछि यो घटनाबारे यसरी लेखे– ‘पहिलोपटक मलाई त्यहा“ आºनै दाजुले लिएर गएका थिए । सबै काम भ्याइसकेपछि वेश्याकै पलङमा बसेर म खूब रोए“ ।’

उनले वेश्यास“ग संसर्ग गरेकोमा पछुतो माने पनि गइरहन भने छाडेनन्् । उनले डायरीमा लेखेका छन्– ‘सामाजिक शत्रुलाई जत्तिकै महिलासितको सम्पर्कलाई पनि पन्छाउन गाह्रो पर्दोरहेछ ।’ उनले पछि प्रसिद्ध साहित्यकार साथी एन्तोन चेखोबलाई पनि आपूm सधै“ ‘अतृप्त’ रहेको बताए । यसै समय कविता र दर्शनसम्बन्धी लेख–रचना पनि लेख्न र रुसी समाजको आलोचना गर्न थाले । सन् १८४७ मा उनले ‘जीवनको नियम’ भन्दै नया“ विचार अघि सारे । यस्तैबेला चार हजार एकड जमिन र तीन सय ५० जना कमैया (पुस्तैनी सम्पत्ति) को जिम्मेवारी सम्हाले ।

उनले आºनी सानीआमा तोइनेटलाई घरमै आएर बस्न आग्रह गरे । सानीआमा नआएपछि उनी आफै“ मस्को गए । त्यहा“ पुगेपछि उनी जुवाडे बन्ने । जनवरीमा उनी कानुन विषयको परीक्षा दिन सेन्ट पिटसवर्ग गए । जुवा खेलेर ठूलो ऋण बोकी फर्के । त्यसपछि यास्नाया पोल्याना फर्के र जमिन बेचेर ऋणमुक्त भए । यसै समय हरियो आ“खा भएकी ‘गाशा’ नामक नोकर्नीस“ग उनी फस्न पुगे । पछि उनले आफै“लाई घृणा गर्दै लेखे– ‘जवानीमा सबैबाट गल्ती हुने भए पनि मबाट पनि कसरी हुन पुग्यो अहो †’ तथापि उनी गाशाबाहेक दुन्यासा नामक अर्की नोकर्नीसित पनि लहसिन पुगेका थिए । ६९ वर्षको उमेरमा उनले यो घटनाबारे लेखेका छन्– दुन्यासा सा“च्चिकै सुन्दरी र भर्खरकी थिइन्… उनको शरीर पूर्णरूपले विकसित भइसकेको थियो । उनी अहिले कहा“ छिन्– थाहा छैन । समालोचकहरू विश्वकै महान् साहित्यकारका रूपमा चिनिएका उनी अर्थात् लियो तोल्सटोय आºनै काकी अलेक्ज्यान्ड्रिया तोल्सटोयप्रतिसमेत आशक्त भएको बताउ“छन् ।
तोल्सटोय विश्वकै महान् सर्जक थिए भन्नेमा कुनै विवाद छैन । तर, उनको निजी जीवन भने विवादमुक्त छैन । ‘युद्ध र शान्ति’ तथा ‘अन्ना कारेनिना’ जस्ता बेजोड कृतिका रचनाकार तोल्सतोए सन् १८५० मा फेरि मस्को पुगे । २८ वर्षको उमेरमा बल्ल उनमा बिहे गर्ने धुन सवार भयो । जुवामा हारेको सम्पत्ति जोेड्ने हेतुले उनी धनी केटीको खोजीमा लागे । जुवा र नसामा लठ्ठ हुने र ठूलो नाक, भद्दा ओठ र चिम्सेआ“खा भएका उनलाई केटी दिन कुनै कुलीन वर्ग तयार भएनन् । यसबीच १८५१ मा आºना दाजु सैनिक लेºिटनेन्ट निकोलाईस“गै उनी ककेसस घुम्न हि“डे । ‘बाल्यकाल’ उपन्यासको लेखनमा व्यस्त उनी त्यहा“ सैनिक जागिर खाएर १८५४ मा डानुबेमा खटिए । उनले यास्नाया पोल्यानास्थित आºनो पुख्र्याैली घर बेचे ।

सन् १८५६ को जनवरीमा अन्तिम अवस्थामा पुगिसकेका आºना दाजु दिमित्रीलाई हेर्न गए । दिमित्रीलाई माशा नामकी वेश्याले हेरविचार गरिरहेकी थिई । समालोचकहरू दाबी गर्छन् उनको सुविख्यात उपन्यास ‘अन्ना कारेनिना’ वेश्या माशाकै जीवनमा आधारित थियो । सन् १८५७ को जनवरीमा तोल्सटोय युरोपको भ्रमणमा निस्के । पेरिसमा उनको भेट अर्का रुसी साहित्यकार इभान तुर्गनेभस“ग र स्विट्जरल्यान्डमा काकी अलेक्ज्यान्ड्रासित भयो । त्यही“ उनको जम्काभेट भालुसित भयो । तर, उनले साहसपूर्वक लडेर उम्कन सफल भए । उनले स्वदेश फर्केपछि आºनै घरमा स्कुल खोले । यसबीच उनको आक्सिना बाजिकिन नामक किसान केटीसित प्रेम बस्यो । उनीहरूले तीन वर्ष स“गै बिताए । आक्सिनाले एउटा छोरो (तिमोथी) लाई जन्माइन् । तुर्गनेभले पनि छोरीकै विषयलाई लिएर तोल्सटोयसित झगडा गरे । उनीहरूबीच १७ वर्षसम्म बोलचालै बन्द भयो ।

सन् १८६१ मा तोल्सटोयले १७ वर्षकी केटी सोफिया बेहर्सलाई मन पराए । दुवै बिहे गर्न राजी भए, तर बिहेपूर्व सोफियालाई उनले आºनो डायरी पढ्न आग्रह गरे । दुवैले एकअर्काको निजी डायरी पढेर इष्र्या गरे पनि आखिरमा सन् १८६२ को सेप्टेम्बरमा उनीहरू विवाह बन्धनमा बा“धिए । तर, प्रथम रात्रिमै कामी पुरुष र कुमारी केटीको विषयलाई लिएर उनीहरूबीच झगडा भयो । बिहेको दुई सातापछि सोफियाले आºनो डायरीमा लेखिन्, ‘उनको शारीरिक भाव विरोधाभाषपूर्ण छ ।’ उनका अनुसार यौनको मामिलामा उनी कहिल्यै तृप्त हुन सकिनन् । सोफियाको दाबी थियो, ‘पछि पनि तोल्सटोय किसान केटीहरूसित रम्न छाडेनन् ।’ त्यसैले उनीहरूको पहिलो बच्चा (छोरा सर्गेई) को जन्म बिहेको २२ महिनापछि मात्र भयो । तर, यसपछि भने २३ वर्षभित्रमा सोफिया थप १२ सन्तानकी आमा बनिन् । सोफियाका तर्फबाट तोल्सटोय आठ छोरा र पा“च छोरीका बाबु बने । यीमध्ये चारजनाको भने सानैमा मृत्यु भयो ।

तोल्सटोयले पहिलो सन्तान जन्मिएपछि फेरि लेख्न सुरु गरे । उनी लेख्थे र पत्नी सोफिया साफी गर्थिन् । युद्ध र शान्ति उपन्यासमा तोल्सटोयले वकालत गरेको ‘व्यक्तिगत स्वतन्त्रताको रक्षा’ मा सोफियाको आपत्ति थियो । सोफियाले आºनो डायरीमा लेखेकी छन् ‘घरमा चाहि“ स्वेच्छाचारीको जस्तो व्यवहार गर्ने उनको यो पाखण्डीपना हो’ । सन् १८८९ मा प्रकाशित उनको कृति ‘दि क्रुट्जर सोनाटा’ मा तोल्सटोयले जनतालाई ‘सेक्स’ बाट टाढा रहन र अविवाहित जीवन बिताउन दिइएको शिक्षालाई पनि उनी ‘बकवास’ ठान्छिन्– कारण लेखनको समयमा उनी गर्भवती थिइन् ।
आपूm ‘सेक्स’ को मामिलामा असल व्यक्ति बन्न नसकेको गुनासो तोल्सटोयले अर्का रुसी साहित्यकार मैक्सिम गोर्कीलाई पनि पोखेका थिए । उनको भनाइ थियो– ‘मान्छे भूकम्प, महामारी, प्राणघातक रोग व्याधीबाट पनि बच्न सक्छ । तर, ‘बेडरुम’ को दुखान्त घटनाबाट बच्न गाह्रो हु“दोरहेछ ।’

धनसम्पत्तिको बा“डफा“ड तथा स्वामित्व हस्तान्तरणको विषयमा पनि पति÷पत्नीबीच निकै मनमुटाव थियो । तोल्सटोयले आºनी साथी भ्लादिमिर चेर्तकोभको सल्लाहमा पत्नी र केटाकेटीलाई सम्पत्तिबाट बेदखल गर्न खोजे । तर, परिवारकै नाउ“मा सम्पत्ति हस्तान्तरण गर्न उनी पछि राजी भए । यो झगडाका कारण तोल्सटोयले एकपटक आत्महत्याको कोसिससमेत गरे । उनले ५६ वर्षको उमेरमा सन् १८८४ मा जुत्ता सिलाउने कामसमेत गरे ।

जीवनको उत्तरार्धमा सोफिया पनि आºनो पुरानो साथी तथा संगीतकार सर्गेई तानायेभसित लहसिन पुगिन् । उनको यो व्यवहारलाई तोल्सटोयले ‘बूढीको नखरा’ र ‘बोक्सीको आचरण’ भनेर आलोचना गर्थे । उता, सोफियाले पनि बूढो पतिलाई समलिंगी (चेर्तकोभसितको सम्बन्धलाई जोडेर) भन्न थालिन् । पारिवारिक झै–झगडाकै कारण सन् १९१० मा उनले घर छाडेर अनिश्चित मार्गमा हि“डे । रेलमार्गबाट आस्तापोभो स्टेसनमा उत्र“दा उनकी एकजना दिदीले भेट्टाएर उनलाई रोक्न खोजिन् । तर, उनी कतै जान मानेनन्, रेल–वे स्टेसन मास्टरकै क्वार्टरमा बसे । उनी सात दिनसम्म बिरामी परे । आठौं दिनमा चिसोले कठ्यांग्रिएर (१९१० को नोभेम्बर २०) मा उनको निधन भयो । उनी ८२ वर्षका थिए । निधनपश्चात् उनको कतिपय कृति सोफियाले प्रकाशित गरिन् । जनअास्थाबाट साभार गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्