Friday 3rd of April 2020

साढे चार लाख नगद सहित २३ जुवाडे पक्राउ

चितवन । तिहारका बेला पैसाको हारजित हुने गरेर तास कौडा खेल्नेहरु विरुद्ध चितवन प्रहरीको अभियान जारी नै छ । प्रहरीले बुधबार राति भरतपुर महानगरपालिकाको दुई ठाउँबाट जुवा खेलेको आरोपमा २३ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट चार लाख ५५ हजार ९५० रुपैयाँ नगद बरामद भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेको प्रहरी नायब उपरीक्षक (डिएसपी) दुर्गाराज रेग्मीले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्