Sunday 18th of August 2019

निजगढमा ट्याक्सी र जीप ठोक्किएः तीन जनाको मृत्यु, दुई घाईते

बारा । बाराको निजगढमा ट्याक्सी र जीप आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा भक्तपुरका २८ वर्षका ट्याक्सीका चालक समुन्द्र श्रेष्ठसहित निजगढ नगरपालिका ७ का २५ वर्षका आकाश माझी, सोही ठाउँका २५ वर्षका विशाल माझीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक सबै टयाक्सीमा सवार रहेका थिए ।

आकाश र विशालको निजगढस्थित स्वास्थ्य केन्द्र र चालक समुन्द्रको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा २८ वर्ष नरेश माझी र २१ वर्षका अर्जुन माझी घाईते भएका छन् । घाईतेमध्ये नरेशको अवस्था गम्भीर रहेको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका ९ स्थित भमरा पुल नजिक शुक्रबार राति १ बजे ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको जीप एकआपसमा ठोक्किएको थियो । निजगढस्थित माझी टोलबाट रौतहटको सिमरी पुगेर फर्किएको ट्याक्सी र चितवनबाट तरकारी बोकेर लालबन्दीतर्फ जादै गरेको बलेरो पिकअप जीप राजमार्गमा ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्