Monday 22nd of April 2019

जाडोबाट बचाउन बाआमालाई सुई

काठमाडौं । चिसो बढ्दै छ। यही वेला वृद्धवृद्धालाई निमोनियाको जोखिम हुनसक्छ। तर समयमै खोप लगाए समस्या नै आउँदैन। सबै स्वास्थ्य संस्थामा निःशुल्क खोप उपलब्त्र छ।

निमोनियाबाट जोगिन ६५ वर्ष नाघेकाले एकपटक मात्र खोप लगाए जीवनभर पुग्छ। ‘निमोनियाप्रतिरोधी खोप एकपटक गरिने लगानी हो। ब्याक्टेरिया निमोनियाविरुद्धको खोप ज्येष्ठ नागरिकले जीवनमा एकपटक लगाए पुग्छ।

खोप लगाउने वेला यही हो’ ज्येष्ठ नागरिक विशेषज्ञ डा. रमेश कँडेलले भन्नुभयो अन्य उमेरकालाई फ्लुको खोप हरेक वर्ष लगाउनु उपयुक्त हुने उहाँले बताउनभयो । निमोनियाले फोक्सोमा संक्रमण हुन्छ। ब्याक्टेरिया, भाइरस र फंगसलगायत सूक्ष्म जीवाणुले निमोनिया हुने छ ।

प्रतिक्रिया दिनुहोस्