Wednesday 19th of December 2018

शिक्षक परीक्षाको नतिजा सार्वजनिक, अन्तरवार्ता माघ १७ गते (नतिजासहित)

काठमाडौं, १६ मंसिर । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यामिक तह (तृतीय श्रेणी) का अस्थायी शिक्षकको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

लिखितमा नाम निस्केका उम्मेद्वारलाई आयोगले अन्तरवार्ताका लागि बोलाएको सूचनामा उल्लेख छ । लिखित परीक्षाको नतिजा पुनर्योग गर्न चाहेमा परीक्षार्थीले आगामी मंसिर २४ गतेसम्म कार्यालय समयभित्र निवेदन दिन सक्ने जनाइएको छ ।

यस्तै अन्तरवार्ताको मिति माघ १७ गतेका लागि आयोगको कार्यालय सानोठिमीमा तय गरिएको छ ।
हेर्नुस् नतिजा

प्रतिक्रिया दिनुहोस्