Wednesday 19th of December 2018

विद्यार्थी साढे १० हजार, शिक्षक ५५ मात्रै

काठमाडौं । इतिहासमै पहिलोपटक नेपाल ल क्याम्पसको स्नातक तह प्रथम वर्षमा १० हजार ८ सय ६० जना भर्ना भए। तर, नियमित कक्षा लिने विद्यार्थीको संख्या भने मुस्किलले पाँच सय छ।

तीन वर्षे एलएलबी, ५ र ३ वर्षे एलएलएम कार्यक्रम सञ्चालन हुने क्याम्पसको प्राध्यापन भने ५५ जनाले धानेका छन्। प्राध्यापन र प्रथम वर्षको विद्यार्थीको अनुपात मात्रै हिसाब गर्दा समेत प्रतिप्राध्यापक १९७ पर्छन।

ल क्याम्पसमा हाल ३८ जना प्राध्यापक दरबन्दी रिक्त छ। तर, त्रिविलगायत सरोकारवाला निकाय भने दरबन्दी थप गर्नेतर्फ समेत सचेत देखिएको छैन ।

पछिल्ला वर्ष कानुनमा विद्यार्थीको आर्कषण बढेपनि सो अनुपातमा प्राध्यापक व्यण्वस्था गर्न नसक्दा शैक्षिक गुणस्तरमा समेत प्रश्न उठ्न थालेको छ। ३८ जनाको दरबन्दी रिक्त रहेको ल क्याम्पका प्रमुख डा डीएन पराजुली बताउँछन्।

प्रतिक्रिया दिनुहोस्