Wednesday 19th of December 2018

द भ्वाइस अफ नेपालको ग्रान्ड फिनाले कतारमा, तयारी पुरा

काठमाडौं । संसारको सबैभन्दा उत्कृष्ट फ्रेन्साइज गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल’को ग्रान्ड फिनाले कतारमा हुने भएको छ । कान्तिपुर एचडी र डिस होमको रमाइलो टेलिभिजनबाट प्रसारण हुने द भ्वाइस अफ नेपाल अहिले चर्चाको शिखरमा छ ।

डिसेम्बर १४ तारिखमा कतारको दोहा स्थित एसियन टाउन ग्रान्डमल सनैयामा द भ्वाइस अफ नेपालको फिनाले हुने र सोको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन् ।
ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो ।
आयोजक प्रवीण गुरुङ एनआरएनए आईसिसि मध्यपुर्व क्षेत्रीय उपसंयोजक हुन् भने, अर्का आयोजक डिल्लीकला थपलीया ब्यावसायी हुन् । त्यसैगरी आयोजक टोलीमा रहेका मनोज श्रेष्ठ एनआरएनए आइसीसी सदस्य हुन् ।
फिनाले कार्यक्रमको विषयलाई लिएर आयोजकले कतारस्थित विभिन्न संघसस्थाका पदाधीकारीसँग छलफल थालिएको आयोजक एंव एनआरएनए आईसिसि मध्यपुर्व क्षेत्रीय उपसंयोजक प्रवीण गुरुङले जानकारी दिए ।द भ्वाइस अफ नेपालको टाइटल विजेताले २५ लाख नगदसहित ब्राण्डेड कार, २० लाखको म्युजिक एल्बम कन्ट्रयाक्ट र वर्ल्ड टुर अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्