Wednesday 19th of December 2018

प्रियंका–निक बिहे

मुम्बई । बलिउड अभिनत्री प्रियंका चोपडा र अमेरिकी गायक तथा अभिनेता निक जोनासले इसाई तथा हिन्दू परम्पराअनुसार विवाह गरेका छन् । जोधपुरको उम्मेध भवन दरबारमा शनिबार उनीहरूले इसाई परम्पराअनुसार विवाह गरेका हुन् । सो विवाह निकका बाबु पल केभिन जोनास सिनियरले गराएका हुन् । निकका बाबु पल पास्चर हुन् ।

त्यस्तै, प्रियंका र निकले हिन्दू परम्पराअनुसार आइतबार विवाह गरेका छन् । विवाहपछि उनीहरूले नयाँ दिल्ली र मुम्बईमा दुईवटा भव्य पार्टी दिँदैछन् । उक्त पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सहभागी भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्