Saturday 22nd of February 2020

अर्काे विवादमा प्रहरी महानिरीक्षक खनाल

काठमाडौं ।
आइजिपी हुनुभन्दा अघि सर्वेन्द्र खनालको प्रशंसा मात्र हुन्थ्यो । तर, आइजिपी भएपछि उनको आलोचना मात्र भइरहेको छ । उनीसँगै प्रहरी संगठन समेत दिनप्रतिदिन बदनाम हुँदै गएको छ ।

गत साता उनी सुन तस्करसँग भेटेकोमा विवादमा तानिए । इन्टरपोलको सम्मेलनमा दुबई गएका बेला सनम शाक्य र सुन तस्करीका अभियुक्त ठाकुर ढुंगानासँग उनले भेटेका थिए । पछि उनले एउटै कार्यक्रममा भएपनि उनलाई नभेटेको स्पष्टिकरण दिएका थिए ।

अहिले फेरि गाडिको विवादमा आइजिपी खनाल परेका छन् । सचिवालय र निवासमा एक दर्जन गाडि कब्जा गरेको समाचार नेपाल र हिमाल म्यागजिनमा आएपछि उनको आलोचना भइरहेको छ ।

यो विषयमा प्रेस बिज्ञप्ती नै निकालेर उनले खण्डन गराएका छन् । दुई वटा मात्र गाडी आइजिपीले प्रयोग गरेको उनको भनाई छ । अन्य गाडि सचिवालयका कर्मचारीले प्रयोग गर्ने बिज्ञप्तीमा उल्लेख छ ।

स्रोतका अनुसार सचिवालयबाट गाडीको दुरुपयोग भएको वास्तविकता हो । अझ प्रहरीले नै रातो नम्बर प्लेट राखेर गाडिहरु नेताहरुको चाकडीमा पठाउने गरेको छ । राम्रो अवस्थामा पुरानो गाडि हुँदाहुँदै पनि खनालले हालै ८० लाखमा नयाँ गाडि खरिद गरेका छन् । उनको सचिवालयका इन्सपेक्टरसम्मले गाडिको सुविधा दिइएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्