Saturday 21st of September 2019

देउवाले समय मागेपछि प्रधान न्यायाधीश सिफारिस भएन

काठमाडौं। संवैधानिक परिषदका सदस्य तथा विपक्ष दलका नेता शेरबहादुर देउवाले ३/४ दिन समय मागेपछि भावी प्रधान न्यायाधीश सिफारिस गर्न मङ्सिर १७ गते डाकिएको संवैधानिक परिषदको बैठकले विषयप्रवेश लगत्तै स्थगित भएको खबर छ ।

सभामुख कृष्णबहादुर महरा काठमाडौं बाहिर जानुपर्ने र देउवाले नेपाली काङ्ग्रेस पार्टीमा सरसल्लाह लिनका लागि समय मागेपछि संवैधानिक परिषदको बैठकले कुनै निर्णय गर्न सकेन।

स्रोतका अनुसार, न्याय परिषदबाट सिफारिस भएर आएका नामहरु दीपक राज जोशी र चोलेन्द्र शमशेर राणा मध्ये सर्बोच्च अदालतको प्रधान न्यायाधीशमा कसलाई सिफारिस गर्ने भन्ने संकट संवैधानिक परिषदमाथि आइपरेको छ ।

सर्बोच्च अदालतको प्रधान न्यायाधीश सिफारिस बाहेक पाँच नयाँसहित ८ आयोगका पदाधिकारीहरुको नियुक्तिको निर्णय गर्ने विषय पनि रोकिएको छ।

प्रतिक्रिया दिनुहोस्