Wednesday 19th of December 2018

‘साया’ सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘समर लभ’ को शीर्ष गीत ‘साया’ सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । गायक पुष्पन प्रधानको शब्द तथा संगीत रहेको गीतमा पुष्पन र बनिका प्रधानको आवाज रहेको छ । सार्वजनिक गीतको उक्त भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता अशिष पिया र अभिनेत्री रेवती क्षेत्रीको अभिनय छ ।

मुस्कान ढकालको निर्देशन गरेको सो चलचित्र आगामी २५ माघबाट प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ । लेखक सुविन भट्टराईले लेखेको उपन्यास ‘समर लभ’ को कथामा आधारित यो चलचित्रमा सामीप्यराज तिमल्सिनाको पटकथा तथा लेखक भट्टराई र तिमल्सिनाको संवाद छ ।

प्रतिक्रिया दिनुहोस्