Saturday 15th of December 2018

नेपालमा लगानी भित्राउन कोरियालीलाई पर्यटन मन्त्री अधिकारीको आग्रह

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले पर्यटन विकासको माध्यमबाट मात्रै मुलुकले समृद्धि हासिल गर्नेमा जोड दिए ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार चेम्बर भवन, कान्तिपथमा आयोजना गरेको ‘नेपाल(कोरिया आर्थिक सम्बन्धका आयामहरु’ बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै उनले दक्षिण कोरियाबाट आफ्ना नागरिकलाई नेपाल भ्रमण गराउन कोरियाली सरकारलाई आग्रह समेत गरेका थिए ।

नेपाल सरकारले हालै मात्र देशका उत्कृष्ट सय पर्यटकीय स्थल घोषणा गरेको बताउँदै आन्तरिक र वाहृय पर्यटन प्रवर्द्धन विगतको भन्दा राम्रो रहेको उनले दावी गरे ।

नेपालका लागि कोरियाली राजदुत पार्क योंग सिकले नेपालमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र उद्योगमा लगानीको सम्भावना भएपनि लगानीको लागि आबश्यक कानुनहरु प्रयाप्त नभएको गुनासो गरे ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपालमा पर्यटन, कृषि तथा औद्योगिक क्षेत्रमा लगानी गर्न कोरियाली लगानीकर्तालाई आग्रह गरे ।

यतिबेला स्थिर सरकार बनेको र सरकार बैदेशिक लगानी भित्र्याउन गम्भीर देखिएकोले नेपालमा यतिबेला लगानीको उपयुक्त समय भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्