Wednesday 19th of December 2018

पप्पुलाई कालोसूचीमा नराख्न आदेश

काठमाडौं । उच्च अदालत चुलसीपुरको नेपालगन्ज ईजलासले पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा नराख्न आदेश दिएको छ ।

अदालतले धरौटीवापत ठेकेदारले राखेको रकम नझिक्न सरकारका नाममा विषेधाज्ञा आदेश पनि दिएको छ । ठेक्का लिँदा कम्पनीले ७ करोड बैंक धरौटी राखेको थियो ।

नेपालगञ्ज इजलासका न्यायाधी विष्णुदेव पौडेल र ऋषि अधिकारीको संयुक्त ईजलासले गत बुधबार उक्त आदेश दिएको हो । पप्पु कन्स्ट्रक्सनका सुनित रौनियारले उच्च अदालतमा रिट दायर गरेका थिए ।

उनले सिक्टा सिँचाई आयोजनाले कम्पनीलाई कालोसुचीमा राखेर बैंक धरौटी झिक्न खाजेको दाबीसहित सिक्टा र त्यहाँका अधिकारीलाई निपक्षी बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्