Wednesday 19th of December 2018

संसदको हिउँदे अधिवेशन अनिश्चत

काठमाडौं । सामान्यतया एक अधिवेशन सकिएपछि समय र अवस्था अनुसार अर्को अधिवेशन बस्नु पर्ने हुन्छ । संघीय संसदको बर्खे अधिवेशन सकिएको झण्डै दुई महिना बितिसक्दा पनि सरकारले हिउँदे अधिवेशन बोलाउन सकेको छैन् । सरकार आन्तरिक राजनीतिक किचलोमै अलमलिएकाले संसदको अधिवेशनप्रति सरकारको ध्यान पुगेको छैन् ।

२०७५ साल असोज ११ गते संघीय संसदको बर्खे अधिवेशन सकिएको हो । संसदको बर्खे अधिवेशन सकिएको करिब दुई महिना बितिसक्दा पनि हिउ‘दे अधिवेशन आव्हान समेत गर्न सकेको छैन सरकारले । सतारुढ दल नेपाल कम्यूनिष्ट पार्टी र प्रतिपक्षी दल नेपाली कॉग्रेस आन्तरिक राजनीतिक किचलोमै अलमलिएकाले संसदको हिउँदे अधिवेशनप्रति ध्यान पुग्न सकेको देखिदैन । तर, सरकार र मन्त्रीहरु भने संसद भवन मर्मत कार्य भइरहेको भन्दै चोखिन खोजेका छन् ।

कानुन न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले भने संघीय संसदको प्रतिनिधि सभा भवन मर्मत कार्य पुस पहिलो साता मात्र सकिने भएकाले पुसको पहिलो हप्ताबाट संसदको हिउ‘दे अधिवेसन ढाक्ने तयारीमा सरकार रहेको बताउनुभयो । तर, संसद भवन मर्मत कार्य संसद बैठक नभएको समयमा गर्ने भनिएको भएपनि मर्मत कार्यले बैठकलाई कुनै असर नपर्ने संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेको भनाई छ ।

प्रवक्ता पाण्डेले प्रतिनिधि सभा बैठक कक्षको सम्पूर्ण मर्मत कार्य सम्पन्न भइसकेकाले आजै बैठक आव्हान गरेपनि सञ्चालन गर्न आपूmहरु तयार रहेको बताउनुभयो । संविधानको धारा ३ सय ४ अन्र्तगत हाल मौजुदा ३ सय ३९ वटा कानून मध्ये १ सय ६५ वटा कानून परिर्माजन र ३६ वटा नयॉ कानून लेखन गर्नु पर्ने आवश्यक्ता छ । जसका लागि कम्तिमा एक महिना समय लाग्नेछ । स्पष्ट सघीय कानून नहु‘दा प्रदेश कानुन समेत निमार्ण हुन सकेको छैन ।