Tuesday 26th of March 2019

जनजनमा सहकारीको महत्त्व बुझाउन जरूरी छः खत्री

देशका कृषक, श्रमिक, न्यून आय समुह एवं सर्वसाधारण उपभोक्ता माझ छरिएर रहेको पुँजीलाई एकत्रित गरि पुन सर्वसाधारण जनतालाई नै पँुजी वितरण गर्ने कार्यनै सहकारी हो । यसै मूल्य र मान्यतालाई जीवनमा समावेश गरि विगत बाह बर्ष देखी अनवरत रुपमा सक्रिय हुनुहुन्छ, सृजना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामशरण खत्री ।

नेपाल टेलिकमबाट जागिरे जीवनको सुरुवात गर्दा उहाँलाई आफ्नो जीवनमा कहाँ के कता नमिलेको जस्तो आभास भै रहन्थ्यो तर पारिवारिक जिम्मेवारी र सरकारी जागिर छोडेर नयाँ काम शूरु गरिहाल्न पनि त्यति सहज त थिएन त्यसैले जागिरे जीवन अवकाश अवधि सम्म चलिनै रर्‍ यो ।

अब अवकाशपछिको जीवनलाई आफ्नो इच्छा अनुसारको कार्यमा लगाउने उहाँको चाहना थियो सोही चाहना बमोजिम आफ्ना २०÷२५ जना साथीहरू मिलेर बनाएको एउटा आर्थिक समुह थियो र सोही आर्थिक समुहले गर्ने कारोबारलाई नै कानुनी मान्यता दिएर लैजाने अठोट बमोजिम सृजना बचत तथा ऋण सहकारी संस्थाको स्थापना भयो । २०६३ सालमा डिभिजन सहकारी कार्यलयबाट इजाजत प्राप्त गरी स्थापना भएको यस सृजना सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई आत्मनिर्भर बनाउन संस्थामा आबद्ध सदस्यहरूको सीप, श्रम र अनुभवलाई पुँजीमा परिणत गरी नमुना सहकारी संस्था बनाउने जिम्मेवारी लिएको थियो र वर्तमान अवस्थामा संस्थाले आफ्नो जिम्मेवारी पूर्णरुपमा पुरा गरेको देख्न सकिन्छ । सृजना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको भूमिका पारदर्शी र जिम्मेवारीपूर्वक निभाएकोमा डिभिजन सहकारीले अध्यक्ष खत्रीलाई सम्मानित पनि गरेको थियो ।

भक्तपुर बालकोटमा जन्मनु भएका उहाँले आफ्नो जन्मस्थानमा केही गरौँ भन्ने भावना अनुरूप कार्य गरिरहेको बताउनु हुन्छ । विषेश गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हाम्रो समाजका गहना हुन र उनीहरूको हकहित र अधिकार संरक्षण निरन्तर लागिरहेको पनि अध्यक्ष खत्री बताउँछन ।

पेन्सन बचत खातामार्फत बचतको प्रकृति अनुसार दशै खर्च सुविधा र पचास वर्ष भन्दा माथि उमेर भएका सदस्यहरु बृद्धा अवस्थामा कसैको भर नपरी आत्मा निर्भरताको लक्ष्य गरि ल्याईएको योजना अनुसार एकमुष्ट एकलाख बचत राखेमा ५ वर्षपछि दोब्वर वा मासिक पच्चीससय पेन्सनको व्यवस्था गरेको छ

 

सृजना बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ नागरिक बचत एकल, महिला बचत र वाल वचत गरि यी तीन किसिमका बचत खाताहरू सञ्चालनमा ल्याई सामान्य बचत  खातामा भन्दा बढी ब्याजदर भुक्तानी गर्ने गरेको छ । बाल बचत खातामा बालबालिकाको जन्मदिनको अवसरमा बचतको प्रकृतीअनुसार नगद उपहार खातामा जम्मा गरिदिने प्रवाधान पनि सृजना बचतले गरेको छ । त्यसैगरी पेन्सन बचत खातामार्फत बचतको प्रकृति अनुसार दशै खर्च सुविधा र पचास वर्ष भन्दा माथि उमेर भएका सदस्यहरु बृद्धा अवस्थामा कसैको भर नपरी आत्मा निर्भरताको लक्ष्य गरि ल्याईएको योजना अनुसार एकमुष्ट एकलाख बचत राखेमा ५ वर्षपछि दोब्वर वा मासिक पच्चीससय पेन्सनको व्यवस्था गरेको छ । यस किसिमका बचत योजनाले सदस्यहरूलाई बचत गर्न अभिप्रेरित गर्ने भएकाले सदस्यहरूलाई बचत गर्न अभिप्रेरित गर्ने भएकाले आगामी दिनमा पनि सृजनाले बचतमा विभिन्न स्कीमहरु ल्याएर आफ्ना सदस्यहरूलाई लाभावन्वित बनाने अध्यक्ष खत्री बताउनु हुन्छ ।

सृजना सहकारीले व्यसायिक सदस्यहरूको व्यवसायलाई वढाउका निभित्त सरल व्याजदरमा कर्जा उपलब्ध गराउदै आएको र नयाँ व्यवसाय गर्न इच्छुक सदस्यहरूलाई सरलरुपमा कर्जा प्रवहा गर्दै आएको पनि उहाँ बताउनु हुन्छ । बालकोटमा सृजना सहकारी मार्फत महिला उद्यमीहरुलाई सीपमुलक तालिम दिएर आफ्ना खुट्टामा आफै उभिन्ने बनाउने लक्ष्यमा आफु रहेको र यसको आन्तरीक तयारी चलिरहेको पनि उहाँ बताउनु हुन्छ ।

१२ वर्ष देखि निरन्तररूपमा सृजना बचत तथा ऋण सहकारीलाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने नै आफ्नो मुल उदेश्य रहेको र आगामी दिनमा पनि आफ्नो जीवन सृजनाकै सेवामा विताउने उहाँ बताउनु हुन्छ ।

आफ्ना साथीहरुको सानो समहुहबाट सिर्जित सृजना बचत तथा ऋण सहकारी संस्था आज १३ औ वार्षिक साधारणसभा मनाउदै छ । सृजनाको यो सफलताको श्रेय अध्यक्ष आफुले नलिएर आफ्ना सम्पुर्ण टीमलाई दिन चाहनु हुन्छ । ५८ वर्षको उमेरमा पनि निरन्तर लागिरहनु भएका अध्यक्ष रामशरण खत्री साथीहरुको विश्वास, माया र सम्मानले नै मेरो निरन्ततको कडी हो भन्नु हुन्छ ।

कमला कट्रटेल (सन्ध्या) अार्थिक र समाजिक मामलामा कलम चाउनु हुन्छ । 

प्रतिक्रिया दिनुहोस्