Thursday 23rd of January 2020

उदासीनता

म स्कुलमा पढ्दा देखि नै मलाई छटपटि लाग्ने, अत्यास लागे जस्तो अनि घाटिमा के ले थिचेको जस्तो लागिरहन्थ्यो । त्यो छटपटि अत्यास र घाँटिमा के ले थिचेको जस्तो हुने कुराले मलाई लामो समय सम्म समस्यामा पारिरह¥यो । स्कुल बेला देखि नै मेरा साथिहरु थिएनन् ।साथिहरु एका तिर झुण्डमा रमाईरेका हुन्थ्थे म एक्लै अलि परबाट उनिहरुलाई हेरीरहेकी हुन्थ्थे । साथिहरुले मलाई बास्ता पनि ग¥दैनन् थिए ।

म चाहान्थ्थे मेरा पनि साथिहरु हुन् म पनि उनिहरु जस्तै समुहमा बसेर खेल्न रमाउन पाँउ । सानो काम बिर्गे पनि घरमा खुबै पिटाई अनि गालि खाईन्थ्थो ,प्राय गरी घरमा पनि झगडा भईरहन्थ्थो कहिले बाबा आमाका बिचमा ,कहिले फुपुहरु र आमाको ।घरमा आमालाई दाईजो नल्याएको भनेर हजुरबुवाले सधै जसो गालि गरिरहनुहुन्थ्थो ,आमा सधै जसो रोई रहनुहुन्थ्थो र हामि संग रिस पोख्नु हुन्थो कहिले काँही त मर्छु अव पनि भन्नु हुन्थो । मलाई अझ पनि याद छ मेरो शरीरमा चोट लाग्दा मलम पट्टि लागउन हतार गर्ने, थोरै मात्र पनि शारिरीक समस्या हुदा उकुसमुकुस हुने मेरी आमा मेरो नाजुक मनोबैज्ञानिक अवस्थाको सुईको पाएकि थिईनन् ।

म सधै जसो दोधारमा नै प¥र्थे के कुरा ग¥र्ने के नग¥र्ने भनेर काम बिर्गेला भनेर डर लागि रहन्थ्थो ,आमाको पिर लाग्थो , पढाईमा ध्यान जादैन थियो ,बाबाले पनि उस्तै गरि पिट्ने गालि गर्ने अझ घरमा पाहुना आउदा आमा र हाम्रा बारेमा नराम्रो कुरा ग¥र्नु हुन्थ्थो जसले मलाई आफ बेकामे हु भन्ने लाग्थो ,आत्म बिश्वास थिएन ,बेला बेला त आत्महत्या गर्ने सोचाई पनि आउँथ्थो तर आमाको मायाँले यस्तो गर्न सकिन ,आमाको मायाँ लागे पनि उहाँ संग पनि झगडा परिरहन्थ्थो । गाउघरमा पनि कसैले बोलाए मात्र बोल्ने नभए खासै कसैसंग पनि बोल्दिन थिए त्यही भएर होला मलाई कसैले पनि मन पराउँदैनन् थिए । घरमा हामिलाई बाहिर साथिहरु संग खेल्न दिनु हुदैन थियो धेरै जसो समय म एक्लै बसिरहन्थे । जतिखेर पनि पढिरहन भन्नु हुन्थ्थो अनि परिक्षाको नतिजामा आएको अङ्कका आधारमा मायाँ गर्ने नगर्ने गर्नु हुन्थ्थो । म साधारण बिद्यार्थी थिए । बाबाले म र बहिनि बिच सधै जसो तुलना गरिरहनु हुन्थ्थो । उहाँहरुको नजरमा म कहिले पनि राम्रो भईन ।

सुरु सुरुमा त मलाई पढाईमा ध्यान जादैन थियो तै पनि पिटाई खान र बेईज्त हुन बाट बच्नलाई जबरजस्ती पढ्थ्थे त्यही साल पढाईमा अब्बल बिद्यार्थीको श्रेणीमा म आए । यही बेला बिद्यलयमा पाएको हौसलाले आज म यहाँ सम्म आईपुगे । आफ्नो जागिर छ ,मास्टर सके तर त्यो बेला देखिको मेरो मनको डार, एक्लोपना ,दोधार , उकुसमकुस ,कमजोर आत्म सम्मानमा उस्तै थियो ,जिवनमा खुसि हुने कुरा कहिल्यौ देख्दिन थिए । आफु भित्र सधै केही न केहीको कमी भएको महसुस गरिरहेकी थिए । अझै पनि मैले कसै संग आत्मिय सम्वन्ध बनाउन सकिरहेकि थिईन ।

एक दिन पत्रिकामा मनोबैज्ञानिक सहयोगको बिषयमा लेख भेटाए समय दिएर पढे आफुलाई नियाले ,आफुसंग थुप्रै कुराको कमि छ भन्ने त थाहा थियो तर खोजि गरे के के म संग छैन । एक एक गरि आफ्नो वरीपरि नियाले ,आमा बाबा हुनुहुन्छ ,पहिले भन्दा मायाँ गर्नु हुन्छ ,जागिर छ ,सबैले मलाई राम्रो भन्नु हुन्छ अझ केही ब्याक्तिले त छोरी होस त फलानि जस्ती भनेर ,कामका सवालहरु राम्रो संग बुझउन सक्छु र समयमा नै काम टुङ्ग्याउन पनि । दुई दिन जति निन्द्रा परेन दिमागमा उसै गरी मनभित्रको पिडा र बाहीरी आवरणलाई चक्कर लागीरह्यो । अन्तत जे सुकै होस एक पालि गएर हेर्छु पैसाको पनि त्यस्तो अभाव छैन भनेर निर्णय गरे । दोधारमा प¥दै फोन गरेकी थिए आभाष साईकोलोजिकल काउनसेलिङ्ग सेन्टरमा । समय लिए त्यसै अनुरुप ।

लिएको समय अनुरुप ठिक समयमा नै पुगे ,म अतालिएकि थिए ,मेरो आवरण देख्दा सबै कुराले भरिएको थियो तर म रित्तो थिएँ ।के भन्ने के नभन्ने भन्ने बिरोधाभाषले मनमा छटपटाहट भएको थियो । परिचयकै क्रममा मैले उच्च सतर्कता अपनाउदै आफ्नो जागिर ,पढाई सबै राम्रो भएको कुरासंगै सुनाएकी थिए आभाषमा मनोबिमर्शकर्ता ले मलाई मनोबिमर्शमा गोपनियताको कुरा र मनोबिमर्शले कसरी सहयोग गर्छ भन्ने कुरा बुझएपछि उहाँका आगाडी मैले मेरा मनभित्रका पोकाहरु फुकाएकी थिए । उहाँका अगाडी आफुलाई फुकाउँदा कति पटक म भक्कानिए कराए चित्याए ।तपाईले मेरो त्यो चित्कार सहजसंग स्वीकारीदिनु भयो । मलाई आफ्नै बारेमा राम्रो संग थाहा थिएन ,मैले आफैलाई साँघुरो ठाँउमा कोचेर राखेकी रहेछु ,मेरा सामना गर्ने बानिहरुले मेरा दैनिक कृयाकलापमा कठिनाई उत्पन्न गराईरहेको रहेछ ।

आभाषले मलाई आफ्नो बारेमा सचेत बनाईदियो ,अहिले मेरो शरिर आफैलाई हलुका भएको छु मन पुलकित भएको छ बर्षे देखि कसिएको गाँठो फुकेको छ ,मैले त्यो बेलाको परिस्थति बुझे ,आमालाई बुझे बुवालाई बुझे ,मैले मेरो मनमा परेको गाठो खेले बा आमाका अगाडी । आफ्ना आसुका धारा बगाए , उहाँहरुलाई रुवाए संगै मनमा भएको त्यो तितो बिषपनि आँसु संगै बगाए ।अहिले मेरो आत्मबिस्वास बढेको छ ,सम्वन्धहरु आत्मिय लाग्न थालेका छन् । डर छटपटि त्रास एक्लोपन दोधार उकुसमुकुस हट्यो । सम्वन्धहरु आत्मिय न्यानो लाग्न थालेका छन् ।
यसरी मेरो बर्षौ देखिको उदासिनता हर्षमा बदलिएको छ तर यो एकै पटक सम्भव भएको होईन तपाईले मलाई मेरै रुपमा स्वीकार गर्नुभयो आफ्ना ब्याक्तिगत सुझव दिनु भन्दा पनि अवस्थाको बारेमा बुझ्नलाई मलाई अवसर र समय दिनु भयो । दुबै मिलेर अनेकौ अभ्यासहरु ग¥यौ मैले पनि आफ्नो प्रयास लगातार गरे ।हामी दुबैजानको सहकार्यबाट मैले जिवनमा नयाँपनको महसुस गरे ।

उषासंगको सहयात्राको अन्तिम दिन उषाले मलाई यो पत्र छाडेकि थिईन यसैले मलाई उदासिनतका बारेमा थप प्रस्ट पार्ने मौका दियो उदासिनतालाई आङ्गग्रेजीमा डिप्रेसन भनिन्छ र यस बेला ब्याक्तिले आत्यान्तै चिन्तित ,दुखित ,नैरास्यताको अनुभव गर्दछ ,कुनै पनि कुराप्रतिको चाहाना राख्दैन ,जिवनप्रतिको चाहान र मोहमा ह्रास आँउछ र आफ्नो अमुल्य जिवनलाई मुल्यहिन ठान्दछ । उदासिनता जो सुकै ,जुनसुकै उमेर वा आर्थिक अवस्था भएका ब्याक्तिहरु (बालक बालिका, युवा युवती वा बृद्ध बृद्धा ) लाई हुन सक्दछ । बिषेश गरि यो समस्या बंशाणुगत,मनोबैज्ञानिक र सामाजिक कारणहरु हुन । त्यसै गरि कोही पनि ब्याक्तिको पारिवारमा उदासिनताको इतिहाँस छ भने र दिर्घरोग छ भने पनि उदासिनता हुने सम्भावना रहनुका साथै जिवनमा आईपर्ने केही चुनौति र परिवर्तनका कारण पनि उदासिनता हुन्छ । कहिलेकाही भने उदासिनताका प्रस्ट कारणहरु यही हो भनेर किटान गर्न पनि सकिदैन।
उदासिनताका लक्षणहरु
♠ अत्याधिक रुपमा दुखित महसुस गुर्नु
♠ अत्याधिक रुपमा निराश हुनु
♠ अत्याधिक रुपमा चिन्तित हुनु
♠ कुनै पनि कुरामा चाहना नहुनु
♠ आफुले आफुलाई मुल्यहिन ठान्नु, बेसहारा, निरास तुल्याउनु
♠ ध्यान केन्द्रित गर्न नसक्नु
♠ आत्याधिक रुपमा थकाईको महसुस हुनु वा थकाई लाग्नु
♠ आत्महत्या गर्ने बा मृत्युको चाहाना हुनु
♠ सुत्न नसक्नु
♠ खाना खान मन नलाग्नु ,अरुचि वा अत्याधिक खानु
♠ शारिरिक दुखाई जस्तो टाउको दुख्नु वा पेट दुख्नु
♠ छटपटाहट हुनु
♠ अत्याधिक रिसाउनु वा चिटचिटाहट हुनु ।
♠ रमाइलो क्रियाकलापमा सहभागि हुन नचाहनु

उदासिनताको उपचार

उदासिनता कमजोरीपनको लक्षण होईन न त यो पुर्वजन्मको फलनै हो । उदासिनता पनि उपचार हुने अन्य शारिरीक समस्या जस्तै सामान्य समस्या हो । सामान्यतया यसका तिन बटा अवस्थाहरु हुन्छन् जस्तै माईलड ,मोडरेट र सिभियर भनेको समस्याको सुरुवातको अवस्था , समस्याले दुख्ख दिन थालेको अवस्था र समस्या एकदमै जटिल भएको अवस्था । उदासिनताको उपचार बिधि मिनोबिज्ञ बाट साईकोथेरापि तथा मनोचिकित्सक को सल्लाहमा औषधिको सेवनबाट गर्न सकिन्छ अथवा मनोबैज्ञानिक सहयोग र औषधिको प्रयोग संग संगै गरेमा समस्याको न्युनिकरण चाडो हुने सम्भावना रहन्छ ।

 

 

प्रतिक्रिया दिनुहोस्