Tuesday 31st of March 2020

चोरी गरेको अभियोगमा ५ महिला पक्राउ

काठमाडौं । पसलहरूबाट सामान चोरी गरेको अभियोगमा प्रहरीले पाँच जना महिलालाई पक्राउ गरेको छ।

घोराही बजारका विभिन्न पसलहरूमा सामान खरिद गर्ने बाहनामा सामान चोरी गर्दै हिँड्ने महिलाहरूको गिरोह पक्राउ गरिएको दाङ जिल्ला प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए।

‘पसलमा गएर केही महिलाहरूले साहुलाई सामान देखाउन लगाएर अलमल्याउने र केहीले त्यही मौकामा सामान चोरी गरेर भाग्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ,’ डिएसपी घर्तीले भने।

पक्राउ परेका महिलाहरूको नाम र ठेगाना गोप्य राखिएको भए पनि उनीहरूको साथबाट चोरीको ४ थान ब्ल्याङकेट फेला पारिएको जानकारी दिइएको छ।

उनीहरूलाई घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यसैबीच प्रहरीले यस्ता किसिमका महिला समूहबाट व्यापारी र व्यवसायी वर्गलाई सचेत रहन आग्रह गरेको छ।

पक्राउ परेका महिलाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्