Monday 14th of January 2019

मेलम्चीकाे पानी घरघरका धारामा पु¥याउन पाइप लाइनको काम अन्तिम चरणमा (फोटोफिचर)

काठमाडौं । काठमाडौं उपत्यकावासीलाई सहज र स्वच्छ मेलम्चीको खानेपानीको व्यवस्थापन गर्न उपत्यका भित्र पहिलो चरणको पाइपलाइन विछ्याउने काम अन्तिम चरणमा पुगेको छ ।

मेलम्चीको स्टोर टंयाङकिमा पानी खसेको ६ महिनामा सबै उपभोक्ताको धारामा पानी पु¥याउने गरि काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन अयोजनाले कामलाई तिव्रगतिमा अगाडि बढाइरहेको आयोजनाले बताएको छ ।

पाइपलाइन विछ्याउने काम सम्पन्न भएका ठाउमा पानीको प्रेसर चेक गर्ने काम भइरहेको छ भने कतिपय ठाउँमा नयाँ पाइपलाईनको काम भइरहेको छ । नयाँ पाइपलाइन विछ््याउने कामलाई धेरै व्यवस्थित किसिमबाट अगाडि बढीरहेको छ ।

नयाँ पाइपलाइन गरिएका ठाउमा धुलो कम उड्ने र सवारी आवत जावतलाई समेत ध्यानमा राखेर काम भइरहेको स्थानीय जनताहरुको भनाइ रहेको छ । पुतलीसडकको वागबजार जाने गल्छीमा पाइपलाइनको काम अगाडि बढीरहेको छ । सो ठाउमा भेटीएका स्थानीय राजकुमार खड्गी भन्छन, वर्षै देखिको धितमर्ने गरि पानी चलाउने समय नजिकै आउन लागेकोमा आफु निक्कै दङ्ग भएको बताउछन ।

त्यसैगरि बागबजारका प्रितमसागर कर्मचार्य पनि निक्कै खुसी देखिएका छन । पहिले पहिले काठमाडौंमा पानीको कुनै समस्या थिएन । अहिले पानीलाई तेल जस्तो जतनले चलाउनु पर्छ । यस्तो दुःख गरेर पानी चलाउनु पर्दा आफुलाई दिक्क लाग्ने गरेको छ । मेलम्चीको पानी आएपछि धितखोलेर पानी चलाउछु भन्दै उनी मुस्कुराउछन ।

यस्तै खुसी छन भाटभटीनी वरपरका जनता र नक्साल नागपोखरीका बासीन्दाहरु पनि । त्यस इलाकामा पनि मेलम्चीको पानी घरघरमा पु¥याउन पाइपलाइनको काम अन्तिम चरणमा पुग्न लागेको छ । त्यस भेगका जनताहरुमा पनि खुसीको सिमानै छैन ।

प्रतिक्रिया दिनुहोस्