Monday 14th of January 2019

समिटमा ठुला नेताले विदेशि अतिथिसँग भेटेको र सम्पादकहरुले हायतमा रक्सी पिएको फोटो वाहिर ल्याउः एकनाथ ढकाल

यहि मंसिर १५ गते देखि १७ गतेसम्म राजधानीको हयात होटलमा ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ भयो । सम्मेलन शुरु भएदेखि नै केही मानिसहरु यो सम्मेलनको विपक्षमा लागेर सामाजिक सञ्जाल जरक्कै उचालेका थिए । राजनिति शक्तिहरुवीच आरोप प्रत्यारोप समेत भयाे । सक्ता पक्षका नेता भिम रावलले त धेरै अन्र्तवार्ता नै दिन भ्याए । नेपाली कांग्रेसले आधिकारीक धारणा भन्दै प्रवक्ता विश्वप्रकाश शर्माले मिडिया उचाले ।

सम्मेलन पश्चात सबैभन्दा विवादित पात्रको रुपमा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपाल र सम्मेलन आयोजक संस्था युनिभर्सल पिस फेडेरेशनका एकनाथ ढकाललाई सामाजिक सञ्जालमा चौतर्फी गालीगलौज समेत गरियो । सम्मेलनका मुख्य पात्र एकनाथ ढकाल हालसम्म सार्वजनिक कुनै कार्यक्रममा भाग लिएका छैन । यस कार्यक्रमकाे पुर्व सन्ध्यामा नेपालका ठुला मिडियाहरुका सम्पादकले हायत होटलमा रातसमेत विताएको चर्चा छ । धेरै मिडियाका रिपोर्टरहरु संस्थाको खर्चमा लुम्विनीमा समेत पुगेर समाचार लिएका थिए भने टेलिभिजनहरुले कार्यक्रमको लाइभ प्रशारण समेत गरे ।
नेपाली कांग्रेसका नेताहरुले विदेशीहरुसँग भेट्न खोजेका थिए तर त्यो सम्भव नभएपछि विष वमन गरेको तथ्य पनि खुलेको छ भने कतिपय नेताहरुले स्टेजमा बसेर वोल्ने समयसमेत मागेको थाहा भएको छ ।
कुनै अनलाइनमा कम गर्ने पत्रकार ढकालकै सस्थाबाट कोरीया गएको र तीन महिना पछि भागेर गैरकानुनीरुपमा बसेको समेत तथ्य खुलेको छ ।
समिटको वारेमा एकनाथ ढकाल र नेपाली जनतावीच केहि कुराकानी भएका छन ती कुराकानीका सम्पादित अंश

एशिया प्यासिफिक समिटको विषयमा विभिन्न खाले टिक्काटिप्पणी भइरहेका छन् । खास कुरा के हो ?

एशिया प्यासिफिक समिटमा सामान्य परिघटना होइन । विश्व नेताहरुको जमघट भएको कारणले गर्दा यो एउटा ओजनदार कार्यक्रम हो । नेपालमा सजिलैसँग यो कार्यक्रम आयोजना भएको पनि होइन । धेरै अन्य राष्ट्रहरुले यो कार्यक्रम होस्ट गर्न चाहानु भएको थियो । पछिल्लो समय नेपालमा शान्ति प्रक्रिया सफलतापूर्वक सपन्न भएको छ । देश स्थायीत्व र आर्थिक समृद्धि तर्फ दिशान्मोख भइरहेको सन्दर्भमा यी कार्यक्रमहरुले अन्तर्राष्ट्रिय एक्यबद्धता प्राप्त गर्नका लागि, नेपालको शान्ति प्रक्रियाको एक्यबद्धता प्राप्त गर्नका लागि, पर्यटन वर्ष २०२०लाई सहयोग पुर्याउनका लागि, लुम्बिनीको थप प्रचार प्रसार गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ । जलबायु परिवर्तनमा नेपालको धारणा स्पष्ट बनाउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

सबैलाई थाहा भएकै कुरा हो । नेपालमा यसरी यति धेरै विदेशी पाहुनाहरु आएका थिएनन । यस पटक ४५ देशबाट १५ सय जना पाहुँनाहरु नेपालमा आउनु भएको छ । त्यसमध्ये ३० जना अतिविशिष्ट व्यक्तिहरु थिए । जसमा ७ जना बहालवाला राष्ट्राध्यक्ष, धेरै पूर्व राष्ट्राध्यक्ष, सभामुखको उपस्थिति रहेको कारणले गर्दा नेपालले यस्ता ठूला कार्यक्रम पनि आयोजना गर्न सक्दो रहेछ भन्ने अन्तर्राष्ट्रिय छवि बनेको छ ।

कमेन्ट गर्न पनि अयोग्य र अकल्पनिय कुरा हुन् । यस्ता कुरा घीन लाग्दा कुरा हुन् । बुद्धिजीवीकै मुखबाट पनि यो कुरा सुनेँ । मलाई निकै दया लाग्यो । अचाक्ली नै भयो ।

संभवत नेपालको इतिहासमै यो विगेस्ट सम्मेलन हो । हामीले अहिलेसम्म गरेका ठूला कार्यक्रम मध्ये सार्क र विमस्टेक सम्मेलन हो । सार्कमा ७ वटा राष्ट्रको मात्रै उपस्थिती रहन्छ । यो कार्यक्रममा ७ वटा देशका राष्ट्राध्यक्ष नै हुनुहुन्थ्यो । २५७ जनाको डेलिगेशन सहित मित्र राष्ट्र भारतबाट पाहुँनाहरु आउनु भएको थियो । जो यो सम्मेलनको सबैभन्दा ठूलो पाहुँना हुनुहुन्थ्यो । त्यसमा भारतीय जनता पार्टीको राष्ट्रिय उपाध्यक्ष श्याम जाजुको नेतृत्वमा वरिष्ठ नेता विजय जोली लगायत थुप्रै सांसदहरु, कांग्रेसका लिडरहरु नै आउनु भएको थियो । आम आद्मी पार्टीको सांसदहरु, विभिन्न गुरुहरु, ब्रिन्दा वनका गुरुआचार्य आफै आउनु भएको थियो । जो हार्वट विश्व विद्यालयको भिजिटिङ प्रोफेसर हुनुहुन्छ । हिन्दु धर्मको विश्वकै नोटेवल नाम डाक्टर श्रीवास्तव गोश्वामीले सम्बोधन गर्नु भएको थियो । गोहाबाट श्रीश्रीश्री सद्गुरु बहुमहाराज आउनु भएको थियो । भारतको सबै मस्जिदहरुको प्रमुख ईम्हाम नै आउनु भएको थियो । १६–१७ जना गुरुहरु आउनु भएको थियो ।

विश्वका सबै विचार, धर्म संस्कृतिका मानिसहरु आउनु भएको थियो । लाओसबाट उच्चस्तरिय संसदीय डेलिगेशन आएको थियो । कतिपय देशहरुबाट सरकारले औपचारिक रुपमा निर्णय गरेर प्रतिनिधित्व गरेको थियो । उदाहरणका लागि दक्षिण अफ्रीकाबाट त्यहाँको सरकारकै विशेष दूत आउनु भएको थियो । त्यसैले यो समिट सरकार, सिभिल सोसाइटि, नीजि क्षेत्र सबैको साझा प्लेटफर्मको रुपमा आयोजना गरिएको हो । संस्थागत होइन मान्छेहरुलाई व्यक्तिगत बोलाइएको हो । उहाँहरुले व्यक्तिगतरुपमा सहभागीता जनाउनु भएको छ । यो सम्मेलनमा विश्वका मुद्दाहरुका विषयमा मैत्रिपूर्ण वातावरणमा छलफल भयो । यतिसम्म भयो की भारतका पू्र्व प्रधानमन्त्री र पाकिस्तानको पूर्वप्रधानमन्त्री बीच निकै लामो समय कुराकानी भयो । सार्क सम्मेलन हुन नसकेको अवस्थामा यस्तो बैठकहरुले धेरै महत्व राख्छन् । समिटमा आउनु भएका विशिष्ट पाहुनाहरुले नेपालका प्रमुख प्रतिपक्षी दलका नेतासँग भेट्नु भयो । यसरी समिटले बहुआयामीक महत्व राखेको छ । नेपालको शान्ति, एशिया प्रसान्त क्षेत्रको मात्रै होइन विश्वकै शान्तिमा थप टेवा पुर्याएको छ ।

कार्यक्रमको आयोजककै विषयमा पनि टिक्काटिप्पणीहरु छन् । सरकारकै आयोजनामा भएको भनिएको छ । खास कुरा के हो ?

अवश्य पनि यो सामान्य विषय होइन । नेपालको पूर्वाधार हेर्दा पनि यत्रो ठूलो सम्मेलन सम्पन्न बनाउन धेरै चुनौती थिए । उद्घाटन सत्रमा २ हजार पाहुँनालाई बोलाएका थियौँ । तर, उहाँहरुलाई राख्ने कुनै हल नेपालमा थिएन । हामीले भारतदेखि सामग्री ल्याएर विशेष अस्थायी प्रकृतिको हल हयात होटलको डेनिसकोटमा निर्माण गर्यौँ । अभावका बावजुत पनि नेपालको अतिथि देवो भव भन्ने संस्कार भएका कारण कार्यक्रम राम्रो भयो । ६ महिना अघि तयारी थालिएको थियो । सामान्य २–४ जना बसेर निर्णय भएर गरिने सम्मेलन होइन ।

यस्ता ठूला महत्वका कार्यक्रमहरु सरकारसँगको समन्वयमा नै गरिन्छ । सरकारको समन्वय नभइकन यस्तो कार्यक्रम कहिँ हुनसक्दैन । यस्ता कार्यक्रम पहिले पनि भएका छन् । तत्कालिन युएसएस आरका राष्ट्रपति मिखाइल गोर्भाचो हुँदाखेरीमा हाम्रो युनिभर्सल पिस फेडेरेशनका संस्थापक फादर मुन जीवित हुनुहुन्थ्यो । सोभियत संघमा पनि यसको मिटिङ भएको छ । उत्तर कोरियाको प्योङयाङमा पनि यो बैठक भएको छ । वासिङटन डिसिमा राष्ट्रपति वुसकै सहभागीतामा बैठक भएको छ । वर्षको एक पटक संयुक्त राष्ट्र संघका महासचिवले नै भाग लिनु हुन्छ । अफ्रीकन युनीयनसँग युनिभर्सल पिस फेडेरेशनको एमओयु नै छ । इन्डोनेशियामा वर्ल्ड मुश्लिम समिट भयो । नेपालमा एशिया प्यासिफिक समिट भएपछि विश्व टोलरेन्स समिट युएइमा भयो जहाँ युएइको सरकारसँगै युनिभर्सल पिस फेडेरेशन आयोजक थियो । यो तत्काल होइन ५० औँ वर्षदेखि भइराखेको कार्यक्रम हो । तर, यो प्रकृतिको कार्यक्रम नेपालमा पहिलो पटक र ठूलो कार्यक्रम हो ।

तपाईंले ठूलो र ऐतिहासिक भनिरहनु भएको छ, तर यो कार्यक्रम त क्रिश्चियन धर्मको प्रचार गर्न गरिएको आरोप लागेको छ नी तपाई ?

युनिभर्सल पिस फेडेरेशन संयुक्त राष्ट्र संघबाट जेनेरल कन्सलटेटिभ मान्यता प्राप्त संस्था हो । युएनमा संस्थाले पहिलो संस्थाले पाउने अवार्ड भनेको रोस्टर हो । त्यसपछि स्पेशल भन्ने हुन्छ जसले विशेष क्षेत्रमा त्यसले सहभागी हुन पाउँछ । अन्तिममा जेनेरल भन्ने हुन्छ त्यो चाहीँ युएनका सबै क्षेत्रमा यसलाई खुला गरिएको हुन्छ । त्यो स्ट्याटस त्यसै दिँदैन । मुलभूत रुपमा के बुझ्न पर्यो भने यो कार्यक्रम युनिभर्सल पिस फेडेरेशनले आयोजना गरेको हो । यसमा आइक्याप भन्ने संस्था छ । सांसदहरुकै संस्थाको सहभागीता छ । युनिभर्सल पीस फेडेरेशन के हो भनेर त्यसको वेभसाइटमै हेरेर पनि एउटा निष्कर्शमा पुग्न सक्छौँ । अवश्य पनि यसको संस्थापक फादर मुन र मदर मुननै हुनुहुन्छ । तर, युपिएफ कुनै धार्मिक संगठन होइन । यो शुद्ध सामाजिक संगठन हो । प्रमुख उद्देश्य भनेकै संयुक्त राष्ट्र संघको दिगो विकासको लक्षहरुलाई सहयोग गर्नु हो । यो कार्यक्रमको लक्ष पनि हो । नेपालमा जसरी बहस श्रृजना गरियो यो राजनीतिकरण हो ।

मदर मुनले भन्नु भएको थियो–म एउटा इश्वरीय छोरीको रुपमा संसारमा शान्ति समृद्धि र भातृत्व कायम गर्न आएको हुँ ।’ उहाँले कतैपनि जीजस क्राइस्टको छोरी भनेको कुरा मैले कहीँ पनि सुनेको छैन । कसैले शिवको अवतार भन्छन्, विष्णुको अवतार भन्छन् । हामीले आएका सबै पाहुँनालाई भाषण लेखेर दिने स्वतन्त्रता नभएको देश हो र ? पाकिस्तानको पूर्व प्रधानमन्त्रीले विस्मिल्ला हेम् रहमान रहिम भनेर बोल्नुु भयो । बुद्धिस्टले बोल्दा बुद्धम शरणम गच्छामी भनेर बोल्नु भयो । विभिन्न धर्म संस्कृतिका मान्छे आएपछि आ–आफ्नो परम्परा अनुसार प्रस्तुत हुने हो । तर, यहाँ जीजसको छोरी घोषणा गरेको कुरा लेखियो । यो सत प्रतिशत झूटो कुरा हो । जसको विहे भएको छैन छोरी कहाँबाट आउँछ ? यस्ता हावादारी कुरा पनि सन्चार माध्यममा आयो जसले मलाई चिन्तीत बनाएको छ । यसले सञ्चार माध्यमको विश्वसनियता धेरै घटेको छ ।

जो–जो साथीहरुले बहस सृजना गर्नुभएको छ । उहाँहरु पनि यसमा संलग्न हुनुहुन्छ । कुनै अपरझट्ट आयोजना गरिएको सम्मेलन होइन । तत्कालि प्रधानमन्त्री नरेन्द्र प्रसाद रिजालले अमेरिकामा भएको कार्यक्रममा फादर मुनसँगै सहभागीता जनाउनुभएको थियो । योगी नरहरिनाथ यो कार्यक्रममा सहभागी हुनुभएको छ । कृष्णप्रसाद भट्टराई, मनोमहन अधिकारीदेखि लिएर सबैले विश्वका मञ्चहरुमा सहभागीता जनाउदै आउनुभएको छ । मात्र अहिले नेपालमा यो कार्यक्रम गर्न सफल भयौं । अन्य देशका राजनेताहरुलाई नेपालमा बोलायौ । अरु देशमा यस्ता खालको कार्यक्रम हुँदा गलत खालको बहस सृजना भएको थिएन । यस अर्थमा मलाई दुःख पनि लागेको छ । नेपाल एउटा प्रजातान्त्रिक मूलुक हो । यहाँ बोल्ने स्वतन्त्रता छ । हामीले पनि त्यही रुपमा लिएका छौं ।

संस्थाकै सन्दर्भमा पनि नेकपाका नेता भीम रावलले यो संस्था विवादित रहेको आरोप वारवार लगाउनु भएको छ नि खास के हो ?

संसारमा यो स्तरमा काम गर्ने कुनै पनि अभियानहरु विवादरहित हुँदैनन् । हाम्रो राजनेताहरु पनि जेलनेल नगएको को छ ? अहिलेको प्रधानमन्त्री १४ बर्ष जेलमा बस्नुभएको हो । नेकपाका अध्यक्ष प्रचण्डलाई अमेरिकाले के भनेर घोषणा गरेको थियो ? तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले त्यति बेला प्रचण्डलाई के भनेर घोषणा गर्नुभएको थियो ? अहिले कांग्रेसमा विवाद छैन त ? विवादित कांग्रेस भनेर लेख्ने ? नेकपामा विवाद छैन ? कुन धर्ममा विवाद छैन ? कुन संस्थामा विवाद छैन ? विश्वमा कार्यक्रम सञ्चालन गर्ने संस्थाको बारेमा विवाद भन्दा पनि बहस हुन्छ ।

फादरमुन र मदरमुनले पनि यो अभियानलाई कोरियाबाट अन्तर्राष्ट्रियकरण गर्ने सन्दर्भमा अमेरिकामा लैजाने क्रममा सुरुका दिनहरुमा विवाद भएका हुन् । नभएका होइनन । त्यो इतिहास भइसक्यो । हिजो नेपालमा कुनै समयमा नेताहरुलाई आतङककारीको बिल्ला भिराइएको थियो ।

आज उहाँहरु प्रधानमन्त्री भइसक्नुभएको छ । अहिले त जनताले स्वीकार गरिसकेको अवस्था छ । अमेरिकाले फादरमुनलाई सुरुका दिनमा आफ्नो विश्वास र आदर्शलाई प्रचार गर्नुभयो त्यस बापत उहाँ जेलमा पनि जानु भो । तर त्यही अमेरिकाको कंग्रेसले पुरस्कार र सम्मान दिएको छ । नर्थ कोरियमा जेलमा जानुभएको छ । तर फादरमुनको स्वर्गारोहण भएको २४ घण्टाभित्र नै त्यहाँ दिने सबै भन्दा ठूलो अवार्ड दिएको छ । भिम रावल जीको विषयमा म त्यति गहिरिएर जान चाहन्छ । उहाँको आरोपमा राजनितिक मिश्रण अवश्य छ भन्ने मलाई लागेको छ ।

फादरमुन त कम्युनिष्ट विरोधी भन्ने आरोप पनि लगाइएको थियो नि ?

फादरमुनको आफ्नै दर्शन र सिद्धान्त छ । कतिपय ठाउँमा उहाँको विचार मेल खान पनि सक्छ । कतिपय ठाउँमा मेल नखान पनि सक्छ । सबै मानिसहरुको एउटै विचार हुँदैन । हरेक मानिसहरुको आ–आफ्नो विचार हुन्छ । अन्तर्राष्ट्रियस्तरका कम्युनिष्ट नेताहरुसँग सहकार्य पनि गर्नुभएको छ । फरक विचार लियो भन्दैमा खेदो खन्नु त राम्रो भएन नि ?

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख डलरको पुरस्कारले झनै विवादित बन्यो नी ?

एसिया प्यासेफिक सम्मेलन आयोजना गर्नु भन्दा अगाडि नै सामान्यतया जुन देशको लिडर हो उहाँलाई नै पुरस्कार दिने आयोजकले तय गरेको हुन्छ । जस्तो कि गतबर्ष सिनेगालमा अफ्रिकन सम्मेलन भयो । त्यहाँ ५४ देशका राष्ट्र प्रमुख र प्रधानमन्त्रीहरु सहभागी भएका थिए । १२ सय जनाको सहभागीता रहेको थियो । सिनेगाल चाहीँ दक्षिण अफ्रिकामा विकसित भएको शान्ति भएको देशको रुपमा लिइन्छ । त्यहाँका राष्ट्रलाई लिडरसिप गुड गर्भरनेन्स अवार्ड प्राप्त गर्नुभएको थियो । कुनै दुई चार दिनको काम हेरेर एक दुई बर्षको काम हेरेर दिने सम्मान होइन । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको पक्षमा जेलनेल भोग्दै गर्नुभएको आजसम्मको योगदानको कदर गरेर दिइएको सम्मान हो । आयोजक कमिटीमा पनि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री पूर्व सभामुखहरु रहनुभएको छ । विश्वको बौद्ध टिमले गरेको निर्णय हो । तुरुन्त गरेर दिएको सम्मान होइन । प्रधानमन्त्रीलाई पुरस्कार दिने कुरा पूर्व घोषित कार्यक्रम हो ।

पूर्व निर्धारित भएता पनि विवाद भयो नि होइन र ?

न बिराउनु न डराउनु । पवित्र भावनाको साथ यो सम्मेलन गर्यौ । त्यसमा हामी पूर्ण रुपमा सन्तुष्ट छौ । यस सम्मेलनका घोषित एजेण्डाहरु छन् । काठमाडौं घोषणापत्र जारी गर्यौ । जलवायु परिवर्तन घोषणापत्र जारी गर्यौ । त्यस भन्दा बाहेकका धार्मिक विषयवस्तुसँग जोडिएर आएका सम्पूर्ण विषय म खण्डन गर्न चाहुन्छ । यसमा कुनै पनि सत्यता छैन् । दुई दिनसम्म चलेको सम्मेलनमा एउटा सेसन अन्र्तधार्मिक सेसन थियो । त्यसमा सबै धर्मका धर्मगुरुहरुले आ–आफ्नो विचार राख्नुभएको छ । विश्वमा देखिएको चुनौतीको सामना गर्न धार्मिक गुरुहरुको भूमिका के हुन्छ त ? यसमा के भूमिका खेल्नु पर्छ ? भन्ने विषयमा बहस र छलफल भयो । नेपालबाट डा। चिन्तामणि योगीले बोल्नुभएको छ । यो त एउटा शिखर सम्मेलन हो । धर्म प्रचार गर्नको लागि यत्रो कार्यक्रम गर्नुपर्ने जरुरी थिएन । त्यही रुपमा बुझिदिन आग्रह गर्छु ।

के तपाई पक्कै अशुरक्षीत हुन भएको हो ? कस्ले तपाईमाथि धावा वोल्यो भन्नसक्नु हुन्छ ?

यी विषयहरुमा मैले सम्बन्धित निकायमा जानकारी गराएको छु । गाली गलोज गर्ने, अशिष्ट भाषा प्रयोग गर्ने, मानपर्दन गर्ने लगायत विविध कुरा आएका छन् । मानसिक यातना दिने काम भएका छन् । यी कामहरुको म निन्दा गर्न चाहन्छु । विश्व शान्ति, विश्व भातृत्व र देशभक्त नागरिकको रुपमा अगाडि बढने कुरालाई म त्यस्ता कुराबाट विचलित हुन्न । मे के प्रष्ट रुपमा भन्न चाहन्छु–ती आरोपहरु पुष्टि गर्न चुनौती दिन्छु । देश नेपाली जनता र राष्ट्रको अहितमा कुनै काम भएको छ भने एकनाथ ढकाल डुडिखेलमा भुण्डिएर मर्न तयार छ । कहिले पनि मैले देश र जनताको अहितमा कुनै पनि काम गरेको छैन् । जे भएको छ । यो सामान्य कुरा होइन ।

धार्मिक सेसनका क्रममा फादर मुनको विर्य हालेको वाइन खुवाएको चर्चा के हो नि ?

पीस एण्ड फेमिली फेस्टिवल भन्ने कार्यक्रम थियो । समिट भन्दा बेग्लै हो । त्यो कार्यक्रममा श्रीमान श्रीमती बालबच्चा सबै आउने नै भए । त्यो कार्यक्रमको शिर्षक थियो–असल परिवार समृद्ध राष्ट्र । नेपाल सरकारले अहिले सुखी नेपाली समृद्ध नेपाल भनेको छ । त्यसमा अन्तर्राष्ट्रिय मान्छे पनि आउने भएका कारण समृद्ध नेपाल भन्न मिलेन त्यसैले ‘असल परिवार, समृद्ध राष्ट्र’ भनेर हामीले पिस एण्ड फेमिली फेस्टिबल गरेका हौँ । त्यसको कामना के गरी गर्ने भन्ने बहस भयो । परेवा उडाउर, बत्ति बालेर वा कसरी गर्ने भन्ने छलफल भयो । सबैले सहभागीता जनाउन के गर्ने भन्ने विषय आयो । सबैलाई हुने भएकाले सुन्तलाको रसमा चियर्स गरेका हौँ ।

कमेन्ट गर्न पनि अयोग्य र अकल्पनिय कुरा हुन् यी । यस्ता कुरा घीन लाग्दा कुरा हुन् । बुद्धिजीवीकै मुखबाट पनि यो कुरा सुनेँ । मलाई निकै दया लाग्यो । अचाक्ली नै भयो ।

अनि हाँक जा मुनलाई जीजसको छोरी घोषणा गर्नु भएको समाचार छ नि ?

मदर मुनले भन्नु भएको थियो–म एउटा इश्वरीय छोरीको रुपमा संसारमा शान्ति समृद्धि र भातृत्व कायम गर्न आएको हुँ ।’ उहाँले कतैपनि जीजस क्राइस्टको छोरी भनेको कुरा मैले कहीँ पनि सुनेको छैन । विभिन्न धर्म संस्कृतिका मान्छे आएपछि आ–आफ्नो परम्परा अनुसार प्रस्तुत हुने हो । तर, यहाँ जीजसको छोरी घोषणा गरेको कुरा लेखियो । यो सत प्रतिशत झूटो कुरा हो । जसको विहे भएको छैन छोरी कहाँबाट आउँछ ? यस्ता हावादारी कुरा पनि सन्चार माध्यममा आयो जसले मलाई चिन्तीत बनाएको छ । यसले सञ्चार माध्यमको विश्वसनियता धेरै घटेको छ ।

मलाई कुनै आमुक धर्मसँग जोडेर लेखियो । मेरो ८ वटा दिदिहरु छन् । सारा मेरो घर परिवारमा सञ्चारमाध्यममा आएका कुरा झूटो भन्ने परेको छ । मेरो बारेमा जे लेखिएको छ ती सब झूटा हुन् म को हुँ मेरो दिदिलाई थाहा छ । म जे होइन त्यही हो भनेर लेखिएको छ । सञ्चार माध्यम झूटो रहेछ भनेर मेरो परिवारलाई परेको छ ।

सञ्चार माध्यमले त समिटको धज्जी नै उठाएनि ?

हेर्नुस् लाज नभएपछि के हुन्छ ? समिटको अघिल्लो दिन हायतमा विहानसम्म कुन कुन पत्रिकाका सम्पादकले रक्सी खाएका छन । त्यो फोटो वाहिर आए के हुन्छ नि ?
टेलिभिजनमा लाइभ दिएका छौ ? हामिले सकेको गरेका हौं । कुनै कुनै टिभिले लाइभ गर्न मानेन त्यो पनि अन्तिम समयमा ।

अन्र्तवार्ताको केही अंश दियोपोष्टबाट पनि लिएका हौ ।

प्रतिक्रिया दिनुहोस्