Friday 6th of December 2019

काठमाडौं उपत्यकामा वायु प्रद्रूषण बढ्यो, मर्निङ वाक नगर्न सुझाव

काठमाडौं । बिहान र बेलुकी हावामा २.५ माइक्रो मिटर र त्योभन्दा कम व्यास भएका हानिकारक धुलोका कण अत्यधिक हुने भएकाले मर्निङ र इभिनिङ वाक नगर्न विशेषज्ञले सुझाव दिएका छन्।

सर्वसाधरणको अत्यधिक चाप हुने काठमाडौंका अधिकांश स्थान र प्रदेशका प्रमुख सहरमा वायु प्रद्रूषण मापदण्डभन्दा कयौं गुणा बढी पाइएको छ। आँखाले देख्न नसकिने यी कण सिधै फोक्सोमा जाने भएकाले स्वास्थ्याका लागि अत्यधिक हानिकारक मानिन्छन्। क्यान्सरसमेत निम्त्याउन सक्ने केमिकल मिसिएका यी कणले रक्तसञ्चार प्रणाली र मुटुलाई आघात पुर्‍याउने विशेषणहरु बताएको छ।

प्रतिक्रिया दिनुहोस्