Tuesday 23rd of July 2019

मेलम्चीको पानी सुन्दरीजलमा झरेको २४ घण्टा देखि ८ महिनासम्म लाग्छः आयोजना प्रमुख तिरेशप्रसाद खत्री

काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको खानेपानी घरघरमा पुर्याउन पानीको पाइपको काम अन्तीम चरणमा पुगेको छ । खानेपानीका क्षेत्रमा लामो समय काम गरेका नेपाल सरकारका सहसचिव तिरेशप्रसाद खत्री काठमाडौ उपत्यका खानेपानी कार्यन्वय आयोजनाका प्रमुख हुनुहुन्छ । उहाँको सहयोग र सक्रियतामा उपत्यकाको खानेपानीको लाइन विस्तार र पानी पोखरी निर्माण भएका छन । केहि ठाउमा फोहोर पानी प्रशोधन केन्द्र पनि बन्दै छन । दातृनिकाय, ठेकोदार कम्पनी, सप्लायर्स कम्पनी र कर्मचारीहरुसँगको व्यवस्थापनलाई चुस्त दुरुस्त राखेर विवादरहित काम गर्दै आएका आयोजना प्रमुख तिरेशप्रसाद खत्रीसँग नेपाली जनताले गरेको कुराकानीका केहि अंश ।

खानेपानीको पाइपलाइनको काम कति प्रतिशत सकिएको छ ? केहि बताइदिनु ।

खानेपानीको पाइपलाइनको काम लगभग सकिने लागेको छ । पहिलो चरणको ठेक्का भएको ७७ किलो मिटर पाइपलाइनको काम ७२ किलो मिटर सकिएको छ । २, ३ किलो मिटर कलंकीको अन्डरलाइनको बाँकी छ । भक्तपुरको कटुन्जेतिर केहि मिटर बाकि छ ।
थोक वितरण प्रणालीमा लगभग एक हजार मिलोमिटर मध्ये पुरानो सझौता भएको ७ सय ८३ किलो मिटरमा जम्मा पचास किलोमिटर जति मात्र बाकी छ । नयाँ सम्झौता भएकोमा २ सय किलो मिटर बाकि छ । जम्मा दुइसय पचार किलो मिटर पाइपलाइन तर्फ बाँकी छ भने ७ करोड ४० लाख क्षमता भएका पानी पोखरीहरु १० बटा निर्माण गर्नु पर्नेमा, त्यसमा ९ बटा पानी पोखरी निर्माण भइसकेका छन । भक्तपुरको कटुन्जेमा एउटा पानी पोखरीको निर्माण कार्य भइरहेको छ ।

पुरानो र नयाँ पाइपलाईको सम्झौता अनुसार कति प्रतिशत सकिएको अवस्था हो ?

पुरानो निर्माण व्यवसायीसँगको सम्झौता अनुसार ९५ प्रतिशत सकिएको छ भने नयाँ सम्झौता अनुसार ९० प्रतिशत काम गर्न वाकि रहेको छ । समग्रमा भन्ने हो भने करिव ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

मेलम्चीको पानी सुन्दरीजलमा झरेको कति दिनमा जनताहरुको घरघरमा पानी पु¥याउन सक्छौं ।

सुन्दरीजलमा पानी झेर पनि सिधै पानी जनताको घरमा पठाउन मिल्दैन । पानी आएपछि पहिलो चरणमा पाइपलाई सफा गर्नु पर्ने हुन्छ । हामीले केहि समय अगाडि बागमतीको पानीद्धारा पनि पाइपहरुको सफाइ र लिकेज हेर्ने काम गरेका थियौ तर अहिले यो काम रोकिएको छ । किन भने वागमतिमा पानी छैन । त्यो पाइपलाइन सफा गर्नेकाम रोकीएको छ । अब मेलम्चीको पानी माघको अन्तिम वा फाल्गुण पहिलो हप्तासम्म  आइपुग्नु पर्ने हो । मेलम्चीको पानी महाकालको पानी पोखरीमा झरेको लगभग २४ घण्टा जतिमा त्यस एरियामा पानी वितरण हुन्छ । त्यसको एक दुइदिनमा पानी पोखरीबाट त्यस एरियामा पानी वितरण हुन सक्छ । त्यसपछि केहि दिनमा वासवारी पानी पोखरीबाट गर्दछौं । एकहप्तापछि बालाजुबाट पनि पानी वितरण गर्न सक्छौ । त्यसको एकहप्तापछि अनामनगर र मिनभवन एरियामा पनि पानी वितरण हुन्छ ।
पहिलो चरणमा केयुकेएलका विद्यमान पानी पोखरीहरुबाट नै पानी वितरणका काम हुने छन ।
मेलम्चीको पानी सुन्दरीजलमा झरेपछि १५ दिनचाहि पुरानो अर्थात अहिलेको सिस्टमबाट नै वितरण गर्दछौं । नयाँ सिस्टमबाट पानी जनताको घरघरसम्म पु¥याउन र अन्तीम विन्दुसम्म पानी वितरण गर्न आठ नौ महिनासम्म लाग्न सक्छ ।

दुइवटा नै सिस्टम चलाएन कति जति समय लाग्न सक्छ ?

हामीलाई दुइवटै सिस्टम लगाउन करिव ८ महिना लाग्छ ।

हेर्नुहाेस पुरा अन्तरवार्ता, उहाँ के भन्नु हुन्छ सुनौ उहाँकै मुखराविन्दुबाट

यो अन्रवार्ता नेपाली जनता youtube र फेसबुक nepalijantadhakal पनि हेर्न सक्नु हुन्छ ?

प्रतिक्रिया दिनुहोस्