Thursday 12th of December 2019

प्रवेश परीक्षाविनै ३४ भारतीयलाई एमबिबिएस पढाइ

काठमाडौं । जनकपुरस्थित जानकी मेडिकल कलेजले प्रवेश परीक्षाविना नै ३४ भारतीयलाई एमबिबिएस पढाएको रहस्य खुलेको छ । पहिलो वर्षको परीक्षाका लागि फर्म भरिएपछि यस्तो रहस्य खुलेको हो ।

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई ढाँटेर भारतीयलाई पढाइ भएको हो । एमबिबिएस पढ्न आउने विदेशी र नेपाली विद्यार्थीलाई आइओएमले प्रवेश परीक्षा लिनु पर्छ । कलेजले प्रक्रिया मिचेर उनीहरुको भर्ना गरे पनि पुस ५ गतेबाट हुने परीक्षा दिन आइओएमले वञ्चित गरेको हो ।

जानकी मेडिकल कलेजका प्रमुख धनध्वज मल्लले ८० विद्यार्थीमध्ये ३४ विद्यार्थीको परीक्षा फर्म अस्वीकृत भएको स्वीकारे । कलेजले १३ औँ ब्याचमा एमबिबिएस पढाइ गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्