Wednesday 16th of January 2019

वाग्मतीकाे पानी प्रशाेधन गरेपछि सफाः अायाेजना(भिडियाेसहित)

काठमाडैं । घरघरबाट निस्कने प्रदुशित फोहोरलाई छानेर सफा पानी मात्र वाग्मतीमा बगाउने योजना अन्तरगत काठमाडौ उपत्यका खानेपानी कार्यन्वयन निर्देशनालय आयोजनाले वागमतिको किनार गुहेस्वरीमा ३२ मिलिएन लिटर क्षमताको पानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ ।

आयोजनाले ढलको पानीलाई शुद्ध बनाउन नयाँ १६.२ मिलिएन लिटर क्षमताको पानी प्रशोधन केन्द निर्माण गरिरहेको छ । निर्माण कार्य सम्पन्न भएपछि वाग्मतिको पानी प्रशोधन गरि उक्त पानीबाट निस्केको फोहरलाई मलको रुपमा प्रयोग गर्ने र प्रशोधीत पानीलाई पुनः वागमति नदिमा पठाइने छ । त्यसैगरि पुरानो १६.२ मिलिएन लिटर प्रशोधन केन्द्रको पनि मर्मत गरि प्रयोगमा ल्याउने आयोजनाले बताएको छ ।

यो पानी प्रशोधन गरिसकेपछि मानिसका दैनिक जिवनमा प्रयोग हुन पनि सक्ने छ । यो पानी नुहाउन र लुगा धुन योग्य बनाइने छ, भने यो पानी मानिसले पीउन योग्य हुने छैन ।

यहाँ प्रशोधन गरिएको पानीबाट ग्यास र विजुलीवतिसमेत निकाल्न सकिने प्रविधिहरुको जडान गरिने आयोजनाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्