Wednesday 16th of October 2019

एसपी बढुवा गर्न नियमावली संशोधनको तयारी

काठमाडौं । नेपाल प्रहरीमा तीन महिनादेखि रिक्त रहेको १५ एसएसपीको दरबन्दी पूर्ति गर्न सरकारले प्रहरीले नियमावली संशोधन गर्न लागेको छ। अहिलेको नियमावलीअनुसार हालका कुनै पनि एसपीलाई बढुवा गर्न नमिल्ने भएपछि गृह मन्त्रालयले नियमावली संशोधन गर्न लागेको हो।

एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नपर्ने मापदण्ड छ। तर, यो मापदण्ड पुगेको एसपी एउटै पनि नहुँदा बढुवा प्रक्रिया नै रोकिएको छ। अब तीन वर्ष एसपी बनेपछि एसएसपीमा बढुवा हुने मापदण्ड राखेर नियमावली संशोधन गर्न लागिएको हो। नियमावली संशोधनका लाग कानुन मन्त्रालयले समेत सहमति दिइसकेको गृह मन्त्रालयले जनाएको छ।

लोकसेवा आयोगको रायपछि नियमावली मन्त्रिपरिषदमा पेश गर्ने तयारीमा रहेको छ । पद रिक्त राख्दा संगठनलाई असर पर्न सक्ने र प्रहरीको मनोबल पनि खस्किने भएकाले नियमावली संशोधन गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्