Sunday 24th of March 2019

“पुर्खाको पराक्रम–संझदाको चिठ्ठी”

स्व. कृष्णप्रसाद कोइरालाको साहस, स्व. विशेश्वरप्रसाद कोइरालाको मार्ग, स्व. गणेशमान सिंहको त्याग, स्व. कृष्णप्रसाद भट्टराईको चार्तुयता, स्व. गिरिजाप्रसाद कोइरालको नेतृत्व र स्व. सुवर्ण शमशेरको लगानी भएको पार्टीको साख किन आज दिनानुदिन गिर्दो छ ? यी प्रजातन्त्रका खम्वाहरु सवैले एउटै कुवाको पानी खाएका थिएनन् । तै पनि पार्टीको साख जोगाउन र देशलाई निरंकुशताको भुभरीबाट वचाउन सवै एक जुट भएकै थिए । वहाँहरुको सम्मानजनक देहावसान पछि किन वहाँहरुका सन्तानहरुका विचमा चिसोपन ? तँपाईहरुमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रणेताहरुको रगत छ । यहाँहरुको पुर्खाले आन्दोलनको नेतृत्व गर्दै गर्दा यहाँहरु स्वदेश तथा विदेशमा अध्ययनरत हुनुहुन्थ्यो । हाम्रा पुर्खा ती आन्दोलनहरुमा कोही शहीद भए, कोही अंगभंग भई जिउदो शहीद भई बाँचिरहेका छन् । आज न उनीहरुको खोजी छ, न सम्मान, न जिविकोपार्जन ! हाम्रा पुर्खा त कोही शहीद, कोही अपाङग, कोही बेपत्ता छन् । हामीलाई कसले पढायो ? हाम्रा सन्ततिलाई कसले पढाउने ? कसले संरक्षण गर्ने ? आजका दिनमा यहाँहरुले पुर्खा झैं यहाँहरु सवै एकजुट भई राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि कुशल नेतृत्व गर्न एक आपसमा बसी एक ढिक्का भई आत्मादेखि नै आपसी चिसोपन मेटी डुब्न लागेको राष्ट्र, राष्ट्रियता, समाजवाद, लोकतन्त्र र पार्टीलाई दिगो र व्यवस्थित बनाउनुहोस् ।

मितिः २०७५/०८/२७

आदरणीय श्री प्रकाशमान दाइ,

आरदणीय डा. श्री शसांक दाइ,

आदरणीय डा. श्री शेखर दाइ,

आदरणीय श्री सुजाता दिदी,

जय नेपाल ।

स्व. कृष्णप्रसाद कोइरालाको साहस, स्व. विशेश्वरप्रसाद कोइरालाको मार्ग, स्व. गणेशमान सिंहको त्याग, स्व. कृष्णप्रसाद भट्टराईको चार्तुयता, स्व. गिरिजाप्रसाद कोइरालको नेतृत्व र स्व. सुवर्ण शमशेरको लगानी भएको पार्टीको साख किन आज दिनानुदिन गिर्दो छ ? यी प्रजातन्त्रका खम्वाहरु सवैले एउटै कुवाको पानी खाएका थिएनन् । तै पनि पार्टीको साख जोगाउन र देशलाई निरंकुशताको भुभरीबाट वचाउन सवै एक जुट भएकै थिए । वहाँहरुको सम्मानजनक देहावसान पछि किन वहाँहरुका सन्तानहरुका विचमा चिसोपन ? तँपाईहरुमा राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजवादका प्रणेताहरुको रगत छ । यहाँहरुको पुर्खाले आन्दोलनको नेतृत्व गर्दै गर्दा यहाँहरु स्वदेश तथा विदेशमा अध्ययनरत हुनुहुन्थ्यो । हाम्रा पुर्खा ती आन्दोलनहरुमा कोही शहीद भए, कोही अंगभंग भई जिउदो शहीद भई बाँचिरहेका छन् । आज न उनीहरुको खोजी छ, न सम्मान, न जिविकोपार्जन ! हाम्रा पुर्खा त कोही शहीद, कोही अपाङग, कोही बेपत्ता छन् । हामीलाई कसले पढायो ? हाम्रा सन्ततिलाई कसले पढाउने ? कसले संरक्षण गर्ने ? आजका दिनमा यहाँहरुले पुर्खा झैं यहाँहरु सवै एकजुट भई राष्ट्र, राष्ट्रियता र लोकतन्त्रका लागि कुशल नेतृत्व गर्न एक आपसमा बसी एक ढिक्का भई आत्मादेखि नै आपसी चिसोपन मेटी डुब्न लागेको राष्ट्र, राष्ट्रियता, समाजवाद, लोकतन्त्र र पार्टीलाई दिगो र व्यवस्थित बनाउनुहोस् । आज राष्ट्र र राष्ट्रियतालाई कमजोर वनाउन लोकतान्त्रिक शक्तिलाई घेरावन्दीमा पारिदैछ ।

हत्या, हिंसा र आतंकबाट नै राजनैतिक परिवर्तन गर्न सकिन्छ भन्ने आदमखोर प्रवृत्ति भएका पार्टी र व्यक्तिहरुसँग कहिल्यै पनि सहकार्य र कार्यगत एकता नगर्नुहोस् । जुनसुकै बेला लोकतन्त्रमाथि नै धोका हुनसक्छ । यहाँहरु सवैले हात्तिले आफ्नो बल थाहा नपाएकाले माउतेले रजाइँ गरेको हो भन्ने कुरो बुझ्नु पर्ने हुन्छ । तँपाईहरु हिलाको किलो नबन्नुहोस्, जता हल्लायो त्यतै हल्लने । देश र जनतालाई शिरमा राखी ठोस निर्णय गर्नुहोस्, परिणाम उपलब्धिमूलक होस् । ख्याल गर्नुहोस्, हाम्रो देशमा हावामा रेल उडाउने र पानीमुनि हवाई–जहाज गुडाउने नेता र राजनीतिक पार्टी पनि छन् । जनता लगायत कोही कसैसँग झुटो नबोल्नु, झुटो आश्वासन र खोक्रो नारा नदिनु । नेपाली जनता र नेपाली काँग्रेसका कार्यकर्ताको विचमा यहाँहरुको अनुहारमा उही माथिका योद्धाहरुको अनुहार झल्किन्छ । तँपाईहरु भाडुल्ले चराको टाउको नबन्नुहोस् । पीडा सवैलाई पुग्छ । यहाँहरु भनेको हाम्रो धरोहर हो किन सुस्ताउनु हुन्छ ? जाग्नुस् । शहीदको रगत र जनताको आँसुको मूल्य चुकाउनुहोस् । यहाँहरुको हृदयमा वहाँहरुको जस्तो साहस, मार्ग, त्याग, चातुर्यता, नेतृत्व र लगानी गर्ने भावना जागृत हुनैपर्छ ।

तँपाईहरुको पुर्खाले गाँउबाट राजधानी शहरमा निरंकुश राणा शासकलाई पठाएको उही थोत्रो टोपी र लगौंटी आज हरेक गाँउ–गाँउ र बस्ती–बस्तीमा त्यही थोत्रो टोपी, लगौंटी, मजेत्रो र धोती प्रसस्तै छन्, विस्थापित गर्नुहोस् । गरीव सुकुम्वासीहरुलाई गाँस, बास, कपास र औषधि उपचारको ग्यारेण्टी गर्नुहोस् । स्वदेशी लगानीलाई प्रोत्साहन दिनुहोस् । वैदेशिक लगानी भिœयाउनुहोस् । समाजवाद अंगाल्नुहोस्, विलासी जीवन त्याग्नुहोस् । सात्विक भोजन गर्नुहोस्, यसले निरोगी र दीर्घजीवी बनाई चिन्तनशील बनाउँछ । जति कमाए पनि मर्दा कसैले केही लगेको छैन । स्वर्ग जाने सिंढी र सडक कसैले हालेका, बनाएका छैनन् । कसैले सक्दा पनि सक्दैनन्, जे छ त्यसैमा सन्तुष्ट हुनुहोस् । पदीय भागवण्डामा नलाग्नुहोस् । कालो धन नजोडनुहोस् । तँपाईहरुको पैतृक सम्पत्ति नै तँपाईहरुका सन्ततिहरुका लागि प्रशस्त र पुग्दो छ । मोहन दास करमचंद गान्धीले आफ्नो र आफ्ना सन्तान दरसन्तानको स्वार्थभन्दा देश र जनताको स्वार्थमा लागि परे, त्यसैले त उनी “महात्मा” भए । त्याग र समर्पणले नै मान्छेलाई महान् बनाउँदछ । यहाँहरु पनि महात्मा बन्ने प्रयत्न गर्नुहोस् । सादा जीवन, उच्च विचार राख्नुहोस् । सुनको भात कसैले खाँदैन–मर्दा कसैले लाँदैन । तँपाईहरु भन्दा गरिब संसारमा अरबौं छन् । तिनीहरुलाई हेर्नुहोस् ।

आज कांग्रेस कता जाँदैछ ? पार्टी कहाँबाट सञ्चालन हुदैछ ? लोकतन्त्रको खोल ओढेका छद्यभेषी राजनीतिक दलको चंगुलमा फँसी तिनै राजनीतिक दलहरुको बैशाखी नबन्नुहोस् । विचार पु¥याउनुहोस् । प्रजातन्त्रमा निरंकुशता र निरंकुशतामा प्रजातन्त्र कहिल्यै र कही पनि हुंदैन । लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो ।

पार्टी स्थानीय तह निर्वाचनमा विपक्षको प्रहारभन्दा आफ्नै पक्षको प्रहार, घात–अन्तरघात, घात–प्रतिघात, तिक्तता, बैरभाव, अन्तद्र्वन्द आदिले गर्दा खप्नै र सहनै नसकिने गरी कमजोर भयो । अझ कमजोर नहोस्, पाटी बलियो बनाउन कार्यकर्ता चिन्नुहोस् । इमान्दार र असली कार्यकर्ताको पहिचान गर्नुहोस् । व्रिmयाशीललाई व्रिmयाशील सदस्य दिनुहोस्, दिन लगाउनुहोस् । मूल्याँकन गर्ने दिन आउँदैछ । पार्टीलाई अव पनि नसच्याउने र नसुधार्ने हो भने आगामी दिनमा काँग्रेस इतिहासको पानामा समेटिनु पर्ने निश्चित छ ।

“विकास गरीबको झुपडीमा” बाटो, बिजुली, पानी, स्वस्थ्य, शिक्षा गाउँगाउँमा पु¥याउदै प्राविधिक शिक्षा, भूक्षय, तराई डुवान, सीमा–रक्षा, रोजगारी, सुशासन जस्ता अनगिन्ती समस्याहरु समाधान गर्नमा सफलता प्राप्त गर्न सक्नुहोस् ।

“देशको चारै कुनामा अँध्यारो छ उज्यालो छर्नुहोस् ।” देशमा उग्रराष्ट्रवादीहरु राष्ट्रवादको नाममा विदेशी नेता, विदेशी झण्डा र विदेशी दर्शनलाई आत्मसात गर्दै मातृभूमिलाई थप्पड हान्दै गर्दा पनि उनीहरु नै राष्ट्रवादी भनाउँदा छन् । नक्कली राष्ट्रवादले देशलाई विखण्डनतर्फ धकेल्दैछ । राष्ट्र र राष्ट्रियताको जगेर्ना गर्नुहोस् ।

घडीको सुई रोकिए समय दिदैन, प्राणीको साँस रोकिए बाँच्दैन । संगठन सुदृढ नभए निर्वाचन जितिदैन । पार्टीभित्र हालका दिनमा देखिएको चार चम्का शेर, राम, कृष्णले एउटै चुल्हो बनाई संगठनमा स्वच्छ प्रतिस्पर्धा गराउँदै युवा जमातमा नेपाली काँग्रेसप्रति आकर्षण बढाउनुहोस् ।

यो मेरो र म जस्ता आम स्वभिमानी जनता र कार्यकर्ताको चासो हो । अर्ती उपदेश हैन, हामी भित्र कुँदिएको कुण्ठा र हातले यहाँहरु समक्ष लेखिएको पीडा हो, अन्यथा नसोचीदिनु होला ।

अन्त्यमा यहाँहरुले आफ्ना पुर्खाले झैं एकताको सन्देश दिदै पार्टी र सरकारको नेतृत्व आफैले लिँदै, नेपाल र नेपाली जनताको इच्छा र चाहना अनुसार काम गर्न सफल हुनुहोस् भन्ने कामना सहित

नरेन्द्र भट्टराई

सर्लाही, हरिवन (मोः ९८५४०३५७२०)

 

प्रतिक्रिया दिनुहोस्