Tuesday 26th of March 2019

म सनातन पद्धतिको पक्षमा शरीरमा एकथोपा रगत भएसम्म लडिरहने छु: योगी पुष्पराज पुरुष

एक जना सादगी जो आश्रममा बसेर मानिसहरुको मुक्तीको खोजिमा आफुलाई लिन गराउदै आएका छन । उनी संगत आश्रमका योगी तथा धार्मिक गुरु हुन । धर्म शास्त्रका ज्ञाता पुष्पराज पुरुष सन्यासी जीवन विताउदै आएका छन ।

उनी आजभोली धर्मराजनितिको खोजीमा देशदौडाहामा पनि देखिन थालेका छन । उनी राप्रपा कमल थापाले नेतृत्व गरेको पार्टीका केन्द्रिय सदस्य पनि हुन । उनले राप्रपा पार्टीमा एउटा छुट्टै धार्मिक विभागको नेतृत्व समेत गरेका छन ।

उनी धर्मराजनितिलाई एकै साथ लानसके देशको आर्थिक, राजनितिक, विकास र नितिशास्त्रको विकास गर्दै हिन्दु धार्मिक देश नेपालका रुपमा विश्वमा चर्चित विकसित देश भनेर चिनाउन आतुर देखिन्छ । यीनै एक सादगी युगपुरुष पुष्पराज पुरुषसँग नेपाली जनताले गरेको कुराकानीका केहि अंश ।

 

तपाई आश्रममा बसेको मानिस किन राजनितिमा लाग्नु भयो वताइदिनुस न ?

आश्रममा बसेको मानिसले राजनितिमा चासो राख्नु हुन्न भन्ने समाजिक मान्यता हो जस्तो देखिएको छ । तर,शास्तीय मान्यता अलग छ । राजनिति भनेको धर्मलाई राज गराउने निति हो । जब राज्यले धर्मनिरपेक्ष भनेर धर्म नै नमान्ने समाजको परिकल्पना ग¥यो । त्यतिखेर धार्मिक मान्छेहरुले आफ्नो संस्कृति, आफ्नो परम्परा र धर्मको रक्षार्थ आश्रममा बस्नु हुन्न । त्यसलाई कर्म योग अन्तरगत क्षत्रीय धर्म मानेर आश्रमबाट निस्कनु पर्छ,  भन्ने हाम्रो धार्मिक मान्यता छ ।

मुलकले, समाजले पनि धर्म नमान्ने भने पछि, यसले पापलाई मान्ने कि भन्ने बुझाउँदछ । अझ शास्त्रीय मान्यता अनुसार त जुन मुलक धर्मनिरपेक्ष हुन्छ त्यस मुलकको त अन्न र पानी नै नखानु भन्छन । त्यसो भएपछि हामीले कि मुलक छोडेर धर्म सापेक्ष मुलक खोज्नु परो । फेरी हाम्रो जस्तो सनातन धार्मिक मुलक त संसारमा केहि पनि छैन । त्यसो भएपछि आफ्नै मुलकमा धर्मसापेक्ष मुलक बनाउन आश्रमको जीवन हुदाँ हुदै पनि म धर्म राजनितिमा लागेको हुँ ।

के तपाई धर्म छोडर रानितिमा पुर्ण जिवन दिन सक्नु हुन्न र के समस्या छ ?

धार्मिक आचरणमा बसेको व्यक्तिले धर्मलाई राज गराउने निति राजनिति भएको हुनाले आश्रम छोड्नु पर्दैन । आश्रममा नै बसेर आफ्नो साधनालाई निरन्तरता दिए रै जनमानसमा चाँहि राजनितिक के हो ? राजनितिज्ञ कसरी हुनु पर्छ ? धर्मले राजनितिको कसरी व्याख्या गरेको छ । राजनेता कस्तो हुनु पर्छ ? कर्मचारी कस्तो हुनु पर्छ । व्यापारी कस्तो हुनु पर्छ । गुरुहरु कस्तो हुनु पर्छ । यो सबै धर्मले व्यख्या गरेको छ । ती शास्त्रले व्याख्या गरेका छन । त्यसका वारेमा वकालत गर्दै हिड्रने काम हाम्रो भएको हुनाले आश्रम छोड्नु पर्दैन ।

तपाईलाई त धार्मिक गुण्डा भन्ने आरोप पनि छ नि ?

त्यसरी कसैले मलाई आरोप लगाएको सुनेको पनि छैन । म नुन, चीन खादिन । एक छाक खाने र योग गरेर सादगी जीवन बताइरहेकाे छु । नेपालमा नै बनेका नेपाली कपडा लगाउने, राष्ट्रिय उत्पादनहरुलाई बढाउनु पर्छ । देशले ऋण लिनु हुन्न । आफ्नो क्षमताले प्रगति गर्नु पर्छ भन्दै देशको प्रगतिका विषयलाई अगालेर हिडेको व्यक्तिलाई गुण्डासँग जोड्छन भने त्यो धर्म नमान्नेहरुले गलाएको आरोप हो ।

विश्वहिन्दु महासंघकै मानिसहरुले तपाई माथि यस्ताे आरोप  लागाएका हुन नि ?

विश्व हिन्दु महासंघका मानिसहरुले त्यस्तो आरोप किन लगाएका हुन भने,  विश्व हिन्दु महासंघको अबिधेशनमा हाम्रा तर्फबाट दुईबटा माग हामीले राखेका थियाैं । त्यसमा हाम्राे  १३३ बटा संघसंस्थाहरुको एउटा मोर्चा थियो । त्यो मोर्चाको माग थियो विश्व हिन्दु महासंघको विधान प्रजातान्त्रीक हुनु पर्छ । विश्व हिन्दु महासंघको नेतृत्व गर्ने व्यक्तिचाँहि कुनै आर्मिको पूर्व जनरल हुनु भएन ।  विश्व हिन्दु महासंघमा धार्मिक मानिसले नेतृत्व गर्नु पर्छ । विश्व हिन्दु महासंघ चांहि राजनितिक रंग दिएर नियन्त्रणमा राखिएको संस्था भएका कारण नेपालका धार्मिक संघसंगठनलाई विश्व हिन्दु महासंघ जिम्मा लगाउ र साधु सन्तले नै धार्मिक संस्थाको नेतृत्वमा जानु पर्छ भनेर माग राखेका थियौ । त्यहि समयमा अलिक हुलदंगा भएको हो । त्यसै विषयलाई लिएर  उनीहरुको मलार्इ त्यस्ताे आरोपका हुन सक्छन ।

पुरा अन्तवार्ता भिडियोमा हेर्नु होला ?

प्रतिक्रिया दिनुहोस्