Tuesday 23rd of July 2019

जुत्ता, चप्पल तथा छाला जन्य बस्तुहरुको १५ औं राष्ट्रिय औधोगिक प्रदर्शनी हुने

काठमाडौं । स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवर्द्धन गर्न यही १३ गते देखि १९ गते सम्म “राष्ट्र समृदिको आधार स्वदेशी उत्पादानको प्रयोग” भन्ने मूल नाराका साथ जुत्ता, चप्पल तथा छाला जन्य बस्तुहरुको १५ औं रास्ट्रिय औधोगिक प्रदर्शनी हुने भएको छ।

सो प्रदर्शनी शुक्रवार माननीय उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री मातृका प्रसाद यादवले उद्घान गर्ने कार्यक्रम रहेको आयोजकले आज पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।

प्रदर्शनीको आयोजना फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले गर्ने भएको नवराज गौतम द्वारा द्धारा जारिी प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ, “राष्ट्र समृदिको आधार, स्वदेशी उत्पादानको प्रयोग” भन्ने मूल नाराका साथ १५औं रास्ट्रिय औधोगिक प्रदर्शनीको आयोजना भृकुटी मण्डप को ठुलो प्रदर्शनीहलमा यही मिति २०७५ पुस  १३ गते देखि १९ गतेसम्म ७ दिनका लागि भव्य रुपमा आयोजना हुने जानकारी गराउदछौ। ”

यस प्रदर्शनीमा देशभरी छरिएर रहेका साना, मझौला एवं ठुला उधोगहरु द्वारा उत्पादित जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरु सबै उत्कृट उत्पादनहरु एउट छाना मुनि स्वस्थ तरिकाले ११ वटा प्रायोजकहरुको भव्य पेभिलिएन सहित १र१ वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहनेछन ।  प्रदर्शनी अबधिभर उपाभोक्ताहरुले स्वस्स्फुर्त रुपमा प्रदशनीमा राखिएका बस्तुहरु खरिद गर्ने अवसर पाउनेछन । यस औधोगिक प्रदर्शनीमा उधोगहरुले प्रयोग गर्ने कच्चापदार्थहरु समेत प्रदर्शनीमा राखिने हुनाले उपभोक्त्ताहरुलाई स्वदेशी उत्पादनको गुणस्तर प्रति बिश्वास दिलाउने समेत प्रत्यक्ष सहयोग पुग्ने अपेक्षा जारि विज्ञप्तीमा उल्लेख गरिएको छ।  

स्वदेशी जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको उत्पादनमा क्रमिक रुपमा सुधार  आएतापनि आन्तरिक तथा वाह्य बजार प्रबर्द्धन गर्ने कार्यक्रमको अभाव भएको अवस्थामा यस किसिमका औधोगिक प्रदर्शनीने स्वदेशी बस्तुको आन्तरिक एब बाह्य बजार समेत बिस्तार गर्न मद्दत पुग्नेमा आयोजक आशावादी भएको देखिएको छ ।

बिदेशी जुत्ता चप्पल तथा छालाजन्य बस्तुको आयात प्रतिस्थापन गर्ने  उद्देश्यले संचालित यस किसिमको औधोगिक प्रदर्शनीले नेपाली जुत्ता चप्पल तथा छालाजन्य वस्तुहरुको बजार प्रवर्द्धन हुनुका साथै आयात प्रतिस्थापन लाई न्यूनीकरण गराई निर्यात प्रबर्द्धन गर्नका लागि अत्यन्तै ठूलो सहयोग पुग्ने अपेक्षा आयोजकले लिएको छ । आयोजना अवधिमा बुद्धा, विद्यार्थीहरुलाई पोशाकमा आएमा निशुल्क आयोजना स्थलमा प्रवेश दिइने पनि आयोजकहरुले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्