Saturday 25th of January 2020

कर्णालीका ७ प्रतिशत जनता भोकै

काठमाडौं । कर्णाली प्रदेशका ७ प्रतिशत जनता उच्चतम खाद्य असुरक्षामा रहेको एक अध्ययनले देखाएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रीय तथ्यांक विभागले तयार पारेको प्रतिवेदनले कर्णालीको ७ प्रतिशत जनसंख्या कम्तीमा एक दिन भोकै रहनुपरेको तथ्यांक सार्वजनिक गरेको हो ।

कर्णालीका करिब १ हजार ७ सय ८ घरधुरीमा गरिएको सर्वेक्षणबाट ३० लाख जनसंख्यामध्ये करिब २ लाख १० हजार सर्वसाधारण कम्तीमा एक दिन भोकै बस्न बाध्य छन् । प्रदेशका २८ प्रतिशत अर्थात् ८ लाख ४० हजार जनसंख्या पनि खाद्य जोखिममा रहेको सर्वेक्षणले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्