Sunday 22nd of September 2019

सशस्त्रका २६ गाडी पूर्वराजादेखि पूर्वप्रधानमन्त्रीसम्मलाई

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका २६ वटा गाडी बहालवाला प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री र पूर्वगृहमन्त्रीले प्रयोग गरेको पाइएको छ।

सशस्त्रले सार्वजनिक सुरक्षा गस्तीका लागि आफ्ना ७७ वटा युनिटमा सुरक्षित सवारी साधनअभाव भएको बताइहेका बेला ती सवारी साधनहरू बहालवाला प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, पूर्वगृहमन्त्री, पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाका नाममा प्रयोग भएको पाइएको छ।

सशस्त्रका प्रवक्ता एव‌ं सशस्त्र प्रहरी नायब महानिरीक्षक सुरज श्रेष्ठले सशस्त्रका ७७ वटा युनिटमा सुरक्षित गस्तीका लागि गाडी नभएको जानकारी दिए।

गृह मन्त्रालय स्रोतका अनुसार तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीको पछुवालाई टाटा जेनन पिकअप, बा२झ ३८०३, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पछुवालाई टोयटा हाइलक्स, बा१झ ९१४२, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पछुवालाई महिन्द्र स्कारर्पियो पिकअप, ना१झ १५०३, नम्बरको गाडी दिइएको छ।

यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालको पछुवाले माज्दा पिकअप, बा१झ८२५५, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको पछुवाले माज्दा पिकअप, बा१झ ८२५९, पूर्वप्रधानमन्त्री लोकन्द्रबहादुर चन्दको पछुवाले टेल्को लाइन डबल क्याप, बा१झ९५२७ र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको पछुवाले महिन्द्र स्करर्पिओ पिकअप, ना१झ १५१३ नम्बरको गाडी लगेका छन्।

प्रतिक्रिया दिनुहोस्