Thursday 23rd of January 2020

भारतबाट ल्याएको साढे ३ सय वटा बन्चरोसहित ३ जना पक्राउ

सप्तरी । प्रहरीले भन्सार छलेर ल्याएको ३ सय ४८ वटा वञ्चरोसहित युवकलाई सप्तरीबाट पक्राउ गरेको छ ।

भारतबाट बोरामा बोकेर ल्याउँदै गरेको १ लाख ३९ हजार रुपैयाँ बराबरको ३ सय ४८ थान बन्चरोसहित प्रहरीले बोदेबसाईन नगरपालिका-९ स्वर्णपट्टीमा भारतीय नागरिक ३५ वर्षीय लाल भम्कडसमेत ३ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनीहरुले लुकाई छिपाई ल्याएको वञ्चरो बरामद गफेला पारेपछि पक्राउ गरेहो हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्