Monday 14th of January 2019

डोरेमनको ढाका टोपी दिवस

काठमाडौं । हाम्रो राष्ट्रिय पोशक दौरा शुरुवाल र ढाका टोपी हो , तर आधुनिकताले हामीलाई अहिले छपक्कै छोपेको छ । अहिले आफ्नो पोशाकको दिवस मनाउन हामी तल्लीन भइरहेको अवस्थामा साना वालवालिकाहरुलाई आफ्नो राष्ट्रिय पोशकाकको ज्ञान दिने उदेश्यले डोरेमन प्रि- स्कुलले आज राष्ट्रिय पोशका दिवस मनाएको छ ।

“हामीले आफ्नो राष्ट्रिय पोशकको विषयमा साना नानीहरुलाई जनकारी गराउनु पर्छ यसले उनीहरुलाई आफ्नो मौलिकताको बारेमा जान्ने मौका मिल्छ ।” स्कुलका प्रिन्सीपल विष्णु घिमिरेले बताए । डोरेमन प्रि- स्कुलले यस्ता हरेक सांस्कृतिक दिनहरुलाई हर्षेाउल्लासका साथ मनाउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्