Monday 14th of October 2019

छायाँकनमा ‘आरुषी’, नयाँ वर्षमा रिलिज हुने

फिल्म ‘आरुषी’ यतिबेला छायांकनको अन्तिम चरणमा छ । उदय सुब्बा निर्देशित यस फिल्मलाई बिरु गुरुङ, सहारा प्रधान र केशव कुमार श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्दैछन् । फिल्ममा कला राईले मुख्य भूमिका निभाएकी छन् । उनले यसअघि मुर्चुगां नामक फिल्ममा अभिनय गरेकी थिइन् ।

मौनता श्रेष्ठको पटकथा तथा संवाद रहेको फिल्ममा विक्रम डिसीको छायांकन, बिरु गुरुङको कथा, तारा थापा किम्भेको सम्पादन, राजु किरातीको द्धन्द तथा विकास चौधरी र तारा प्रकाश लिम्बुको संगीत रहेको छ । गीतमा कमल राई र दिनेश पाख्रिनको कोरियोग्राफि रहेको छ । निर्देशक उदय सुब्बाका अनुसार आरुषी नयाँ बर्षको अवसरमा प्रर्दशन हुनेछ ।

निर्माता सहारा प्रधान कलाको कामले फिल्मको उचाइ बढाउने बताउँछन् भने निर्देशक उदय सुब्बा कलामा अभिनय क्षमता धेरै रहेको बताउछन् । फिल्म आरुषि बाट धेरै आशा राखेको बताउँदै नायिका राइले यो फिल्मले आफूलाइ नेपाली रजतपटमा स्थापित गराउने बिश्वास व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्