Monday 14th of January 2019

मेलम्चीको पानी काठमाडौं बासीलाई समयमै खुवाउने मन्त्री मगरको प्रतिवद्धता(भिडियोसहित)

काठमाडौं । खानेपानीमन्त्री बिना मगरले बाग्मती नदीमा कञ्चन पानी बग्ने गरि ललितपुरको बालकुमारीस्थित धोबिघाट फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गरिएको बताएकी छन । उनले समारोहमा बोल्दै भनिन, सिंगो बाग्मतीको मुहार फेर्न अब कसैले रोक्ने छैन ।

‘प्रशोधनपछि बाग्मतीमा कन्चन पानी बग्नेछ, प्रशोधित पानी करेसाबारी, सिंचाई, सडक, सरसफाई लगायतमा प्रयोग गर्न सकिनेछ’, उनले दावी गरिन । मन्त्री मगरका अनुसार बालकुमारीसँगै अन्य दुई स्थानमा पनि फोहोर प्रशोधन केन्द्र बन्दैछन् । झण्डै ४ अर्बको लागतमा धोबिघाट, गुह्वेश्वरी र सल्लाघारीमा फोहर पानी प्रशोधन केन्द्र बन्न लागेको उनले जानकारी दिइन् । वातावरणलाई प्राकृतिक स्वरुपमै फर्काउन अभियान थालेको भन्दै उनले बाग्मतीको फोहोरपानी प्रशोधन गर्ने कार्य त्यसैको अंग भएको बताइन् ।

‘प्राकृतिक स्रोतको संरक्षण मानवीय प्राथमिकताको विषय हो, स्वस्थ जीवनको सबभन्दा ठूलो आधार सफा पानी नै हो, पानीको मुहान र स्रोतलाई सफा राखेर मात्र हामीले मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सक्छौं,’ उनले भनिन् ।

मेलम्चीको पानी काठमाडौंका उपभोक्तालाई खुवाइने

खानेपानी मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनामा निर्देशनालय र मन्त्रालयले दुरदर्शिताका साथ काम गरिरहेको दावी गरेकी छन् ।

‘मेलम्चीको पानी काठमाडौंका जनतालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्णरुपले क्रियाशील रहेको छ’, उनले भनिन् । कुनै पनि बाहना र गतिरोधले मेलम्ची आयोजना प्रभावित नहुने मन्त्री मगरको दावी छ ।

‘सम्भाव्य सम्पूर्ण उपायहरुको खोजी गरी राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालय संकल्पित रहेको छ’, उनले भनिन् । ‘राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजना यथासक्य निर्माण गरिसक्न मन्त्रालय गम्भिर छ’, उनले भनिन् । यसै समारोहमा आयोजनाका निर्देशक तिरेश प्रसाद खत्रीले आयोजनाको रुपरोखा प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि, अथिति लगाएत कार्यक्रममा उपस्थिीत सबैमा धन्वाद दिएका थिए । प्रधामन्त्री र मन्त्रीमा आभार व्यक्ति पनि गरेका थिए ।

यो पनि हेर्नु होला

मेलम्ची आयोजना जापानी कारझैं दौडिरहेको छः प्रधानमन्त्री ओली

प्रतिक्रिया दिनुहोस्