Wednesday 26th of June 2019

यसरी देउवाले प्रधानमन्त्रीको नामाकरण गरे “करप्रसाद ओली”, वाइडबडीमा सरकारी छानविनको कडा विरोध

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमानबारे छानविन गर्न सरकारले बनाएको उच्चस्तरीय आयोगमाथि प्रश्न उठाएका छन् ।

सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले छानविन प्रतिवेदन तयार पारेको भोलिपल्टै सरकारले आयोग बनाएको थियो । यसले वाइडबडीमा भएको भ्रष्टाचार लुकाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको देउवाले बताए ।

नेपाल राष्ट्रिय मगर संघले मोरङ्गको लेटाङ्गमा शनिबार आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्याक्रममा कांग्रेस सभापति देउवाले भने, ‘वाइडबडीमा जुन भ्रष्टाचार भएको छ, छानविन कमिटी बनाएर त्यसलाई लुकाउन खोजेको हो कि ? बचाउन खोजेको हो शंका उठेको छ ।’ हाम्रो पार्टीले विपक्षमा भएपनि वाइडवडी प्रकरणमा भ्रष्टाचार गर्नेहरुलाई कुनै हालतमा नछाड्ने उनले बताए ।

केपी होइन, करप्रसाद ओली

सरकारले उद्योगी व्यापारीहरुलाई दुःख दिएको र करमाथि कर थोपरेको कांग्रेस सभापति देउवाको आरोप छ । ‘त्यसकारण मैले ओलीको नाम नै करप्रसाद ओली राखेको छु,’ उनले भने । सरकारले कर लगाएर पैसा असुल्ने काम मात्र गरेको भन्दै उनले यसलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्