Sunday 24th of March 2019

सोमवार पर्यटन मन्त्री अधिकारीले राजिनामा दिने संकेत, लेखा समितिद्धारा पर्यटन सचिव र निगमका महाप्रबन्धक निलम्वन हुने ?

काठमाडौं । वाइडबडी विमान खरिद प्रकरणमा जोडिएका पर्यटन मन्त्री रविन्द्र अधिकारीले अन्तः भोलि अर्थात सोमबार राजिनामा दिने तयारी गरेका छन । मन्त्री अधिकारीले भोलि विहान मन्त्रालयमा पत्रकार सम्मेलन गरि पदबाट राजिनामा दिने भएका छन ।

सोमवार लेखा समितिको बैठकले पर्यटन मन्त्रालयका सविच कृष्ण देवकोटा र नेपाल बायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई पदबाट निलम्बन गर्ने तयारी रहेको लेखा समिति स्रोतले दावी गरेको छ । अधिकारीको पनि विमान खरिदमा समितिले गल्ती देखाउने छनक पाएका मन्त्री अधिकारीले लेखा समितिको निर्णय सार्वजनिक हुन अगाडि नै राजिनामा दिने मनस्थिति बनाएका छन । मन्त्री अधिकारी आइतवार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्