Tuesday 25th of February 2020

रेशम चौधरीको मुद्दामा सुनुवाई हुँदै

काठमाडौं । टिकापुर काण्डका मुख्य योजनाकारका रुपमा कर्तव्य ज्यान तथा चोरी डाँका मुद्दा चलाइएका रेशमलाल चौधरीको मुद्दामा सोमबार सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ ।

सर्वोच्चको इजलास नम्बर ६ मा न्यायाधीश इश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको सँयुक्त इजलासमा यो मुद्दामा सुनुवाई भइरहेको छ । यो मुद्दा सरकार तथा प्रहरी नायव नीरिक्षक मानबहादुर बोहोराले दायर गरेका हुन् ।

फरार रहेको अवस्थामा वारेसमार्फ प्रतिनिधिसभा निर्वाचनमा कैलाली १ बाट राजपाका तर्फबाट उम्मेदवारी दिएका चौधरी सांसदमा विजयी भएका थिए ।

सांसद विजयी भएको लामो समयसम्म फरार रहेका उनी आत्मशमर्पणपछि पुर्पक्षका लागि डिल्ली बजार जेलमा थुनामा रहेका छन् । थुनामा रहेकाले निर्वाचित भएसँगै अरु सांसदसँग शपथ ग्रहण गर्न नपाएका चौधरीलाई यही पुस १९ गते जेलबाट सिंहदबारस्थित सभामुखको कार्यक्षमा उपस्थित गराएर शपथ ग्रहण गराइएको थियो । शपथ ग्रहणपछि उनलाई फेरि जेल पठाइएको थियो ।

कैलालीको टिकापुरमा एक नाबलक उच्च प्रहरी अधिृकतसहित ७ जनाको ज्यान जानृे गरि भएको हिंसामा चौधरीलाई मुख्य योजनाकार मानिएको थियो । यही मुद्दामा लक्ष्मण थारुसहित २६ जना हाल जेलमा रहेका छन् ।

सांसदको शपथ ग्रहणपछि चौधरीले आफु्ले न्याया पाउने बताएका थिए । कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिलाई सांसद पदको सपथ खुवाएर फेरि जेल पठाइएपछि विरलै देखिने यस्तो दृष्यपछि सरकारको व्यापक आलोचना भएको छ । भने सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी ओलीको भनाईअनु्सार शपथ खुवाएको बताएका छन् ।