Monday 27th of January 2020

त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई सरकारले गुठी जग्गा दिने

काठमाडौं । सरकारले काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताललाई अस्पताल परिसरमै रहेको गुठीको जग्गा उपलब्ध गराउने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले नेपाल आँखा अस्पतालको सेवालाई विस्तार गर्न अस्पताल परिसरमै रहेको गुठीको जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएकी हुन् ।

उनले त्यसका लागि सरकारले गुठीसँग कुरा गरिरहेको पनि जानकारी दिइन् । सोमबार सो अस्पतालको स्तरोन्नति गरिएको ओपीडी हलको उद्घाटन गर्दै मन्त्री अर्यालले अस्पतालको माग अनुसार सेवा विस्तारका लागि अस्पताल परिसरमा रहेको गुठीको जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएकी हुन् । उनले अस्पतालको व्यवस्थापनमा सुधार आएको उल्लेख गर्दै विपन्न वर्गका लागि उपचारमा विशेष सहुलियतको व्यवस्था गर्न पनि अस्पतालका पदाधिकारीलाई निर्देशन दिइन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएलगत्तै मन्त्री अर्यालले सो अस्पतालको निरीक्षण गरेकी थिइन् । आफूले निरीक्षण गरेको बेला भन्दा अस्पतालको व्यवस्थापनमा धेरै सुधार आएको मन्त्री अर्यालको भनाइ थियो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले अस्पतालको स्तरोन्नति गर्ने क्रममा ओपीडी सेवा हलको स्तरोन्नति गरी उद्घाटन गरिएको जानकारी दिए । दुई वर्षअघि अस्पतालले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार अस्पतालको अपरेशन थ्रिएटरको स्तरोन्नति गरेको थियो ।

सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पतालले ७० लाखको लगानीमा ओपीडी सेवा हलको स्तरोन्नति गरेको हो । ओपिडी हल स्तरोन्नतिका लागि नेपाल आँखा अस्पताललाई क्यानाडास्थित अपरेशन आईसाईट युनिभर्सल नामक संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पतालले ७० लाखको लगानीमा ओपीडी सेवा हलको स्तरोन्नति गरेको हो । ओपिडी हल स्तरोन्नतिका लागि नेपाल आँखा अस्पताललाई क्यानाडास्थित अपरेशन आईसाईट युनिभर्सल नामक संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्