Thursday 27th of June 2019

पूर्व प्रेमिकाका पतिलाई यी नायकले दिएको सुझावले बलिउडमा हलचल

मुम्बई । प्रियंका चोपडा र शाहीद कपूरको सम्बन्ध कुनै बेला बलिउडको टक अफ द टाउन थियो । यी दुईबीचको कथित प्रेमसम्बन्धबारे भारतीय मिडियाले राम्रै कभरेज दिन्थ्यो ।

अब स्थिती फेरिएको छ । प्रियंका चोपडाले केही महिनाअघि मात्रै अमेरिकी गायक निक जोनसँग विवाह गरेकी छिन् ।

शाहीद कपूरले पनि केही वर्षअघि मीरा राजपुतसँग विवाह गरेका छन । शाहीद र मीराका एक छोरा र एक छोरी छन ।

शाहीद कपूरले प्रियंकाका श्रीमान् निक जोनसलाई सल्लाह दिएका छन् ।

करणले जब शाहीदलाई प्रियंका चोपडा र निक जोनसलाई कस्तो सल्लाह दिन चाहनुहुन्छ भन्ने प्रश्नमा शाहीदले झट्पट उत्तर दिए, ‘म निकलाई यो भन्न चाहन्छु कि यो सम्बन्धबाट कहिले पनि बाहिर आउन नखोज्नु किनभने अहिले उनी जोसँग छन् उनी पूर्ण रुपमा ‘देसी गर्ल’ हुन् । यति भनेपछि शाहिदले क्यामरातर्फ आँखा झिम्काए ।

टिजर भिडियोमा शाहीद ईशानलाई जान्ह्वीको नाम लिएर जिस्काउँछन् । ईशानले पनि दाईलाई उनले जान्ह्वीको नम्बर कुन नाममा सेभ गरेका छन् भनेर देखाउँछन् । टिजरमा स्टार दाजुभाइको जोडी निकै मज्जाको देखिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्